×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

१७ आश्विन २०७७

१७ आश्विन, कर्णाली ।
महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ ।

सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो ।

लकडाउन अवधिमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो ।

सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताए । “कोरोना प्रभावितका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेर राहत प्याकेज ल्याएका हौँ”, उनले भने, “नयाँ उद्यम गर्न चाहनेलाई सस्तो ब्याजदरले राहत मिल्नेछ, निक्षेपतर्फ पनि ११ प्रतिशतसम्म ब्याजको व्यवस्था गरिएको छ ।”

सहकारीले यसअघि १५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको थियो । प्रबन्धक पौडेलका अनुसार लघुकर्जामा ब्याज १३.५५ प्रतिशत, आकस्मिक ऋणको ब्याज १२ प्रतिशत, मासुजन्य–दूधजन्य–तरकारीजन्यमा नौ प्रतिशत, स्वालम्बन कर्जा ब्याज १० प्रतिशतमा दिने निर्णय भएको छ ।

साना किसान सहकारी संस्थाले नयाँ सहकारी ऐनअनुसार २०७७ असोज मसान्तसम्म एक स्थानीय तहमा एकै प्रकृतिको एउटा मात्र सहकारीमा आवद्ध हुनुपर्ने कानूनी प्रावधान भएकाले आफ्ना सेयर सदस्यहरुलाई कुनै एक सहकारी रोज्न आग्रह गरेको छ । (रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top