×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोना महामारीका कारण रोकिएको युरो २०२० आजदेखि सुरु

२८ जेष्ठ २०७८

२८ जेष्ठ, एजेन्सी ।
युरो २०२० शुक्रबार सुरु हुँदै छ ।

क्रिस्टियानो रोनाल्डोको पोर्चुगल उपाधि रक्षाको तयारीमा हुनेछ । विश्व च्याम्पियन फ्रान्स पनि युरो जित्न चाहन्छ । फ्रान्सले यस्तो गर्न सके यो दुर्लभ दोहोरो उपाधिको उपलब्धि हुनेछ ।

कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्षपछि हुन लागेको छ । फ्रान्सेली टिम निकै बलियो देखिन्छ । त्यसैले फ्रान्स तेस्रोपल्ट युरोपेली विजेता हुन सक्षम छ ।

पूरा युरोपमा छरिएर हुने यस प्रतियोगितामा शीर्ष वरीयताको बेल्जियम र युवा इंग्ल्यान्डलाई पनि कम आँक्न सकिने छैनन् । प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ ।

यसअघि बढीमा दुई देशसम्मान प्रतियोगिता हुन्थ्यो । कोभिड–१९ महामारीबीच पनि यति धेरै सहरमा खेल चल्नेछ ।

युरोपेली फुटबल महासंघ (यूएईएफ) ले दर्शक प्रवेशलाई अनिवार्य गरेपछि डब्लिन र बिल्बाओले त्यसलाई पूरा गर्ने वचन दिन सकेनन् । त्यसैले यी दुईलाई आयोजक सहरबाट हटाइए । यहाँ हुने खेल अब लन्डन र सेन्ट पिटर्सबर्गमा हुनेछ ।

शुक्रबार रोमको ओलम्पिक स्टेडियममा पहिलो खेल हुनेछ । त्यसमा इटाली र टर्की भिड्नेछन् । दर्शक संख्याले १६ हजार छुने विश्वास छ । सबैको प्रिय फ्रान्स मंगलबारमात्र मैदान उत्रन्छ ।

विश्व च्याम्पियनले म्युनिकमा हुने समूह चरणको खेलमा जर्मनीको सामना गर्नेछ । केलियन एमबाप्पे, करिम बेन्जेमा र एन्टोइन ग्रिजमनको उपस्थितिले फ्रान्स शक्तिशाली देखिएको हो ।

सबैको नजर ३३ वर्षीय बेन्जेमाप्रति हुनेछ । उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन् । रियल म्याड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले समूह ‘एफ’ मा हंगेरीको चुनौती सामना गर्नेछ । यस समूहलाई प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ भनिएको छ । रोनाल्डो आफैं ३६ वर्षका भइसके ।

तर उनी अझै बलिया छन् । उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ । पोर्चुगाली टिममा जाओ फेलिक्स, ब्रुनो फर्नान्डेज, बनार्डो सिल्भा र रुबेन डायस जस्ता खेलाडी छन् ।

इंग्ल्यान्डलाई भने एउटा तथ्यले बलियो बनाउने छ । यसै कारण यो टिम प्रेरित रहनेछ । यो कारण हो, प्रतियोगिताका दुवै सेमिफाइनल र फाइनल वेम्बलीमा हुनेछ ।

पछिल्ला केही ठूला प्रतियोगितामा इटाली र नेदरल्यान्ड्स छनोटसमेत हुन सकेका थिएनन् । यसपल्टको प्रतियोगितामा यी दुई फर्केका छन् । तिनलाई आफ्नो उपस्थिति सिद्ध गर्ने चुनौती हुनेछ ।

इंग्लिस कप्तान ह्यारी केन यसपल्टको प्रतियोगितामा आफ्नो टिमको सम्भावना बढी देख्छन् । सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइलन पुगेको थियो । यसपल्ट केन आफ्नो टिमको सम्भावना योभन्दा बढी देख्छन् ।

उनी भन्छन्, ‘हाम्रो टिम बढी अनुभवी भएको छ, मलाई यस्तै लाग्छ । हाम्रा खेलाडीले क्लबका लागि ठूल्ठूला खेल खेलिसके । विश्वकप खेलेका खेलाडी पनि अझै टिममा छन् । यो पनि बहुमूल्य अनुभव भयो ।

इंग्ल्यान्डले ठूलो उपाधि नजितेको धेरै समय भइसकेको छ । त्यसैले हामीले बलियो मानसिकता लिएर खेल्नुपर्छ ।’ उनी इंग्ल्यान्डले युरो २०२० मा लामै यात्रा गर्नसक्ने विश्वास राख्छन् ।

युरोप अहिले कोरोना भाइरस संक्रमणको महामारीबाट मुक्त हुने तर्खरमा छ । युरोपमा संक्रमित संख्या घट्दै छ । खोप लगाउने काम बढ्दो छ ।

तर सावधानीका रूपमा युरोपेली फुटबल महासंघले एउटा टिमलाई २६ खेलाडी राख्न पाउने छुट दिएको छ । स्पेनी फुटबल संघले त अझ घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ ।

डिफेन्डर डिएगो लोरेन्टलाई कोरोनाले छोएपछि स्पेनी फुटबल संघ यति चनाखो बनेको हो । उनी टिममा संक्रमित हुने दोस्रो खेलाडी हुन् । दुई स्विडेनी खेलाडी फरवार्ड डेजान कुलसेभ्स्की र मिडफिल्डर म्याथिस स्भानबर्ग पनि संक्रमित पाइएको छ ।

यी सबै चुनौतीका बावजुत पनि युरोपेली फुटबल महासंघ मान्छ, प्रतियोगिता सुरक्षित रहनेछ । महासंघका अध्यक्ष एलेक्जान्डर सेफेरिनले भनेका छन्, ‘महामारीपछि युरो सफल आयोजना हुने पहिलो ठूलो प्रतियोगिता हुनेछ ।’

उनले दाबी गरेका छन्, ‘महामारीबीच पनि युरोप सुरक्षित छ भनेर देखाउने यो अवसर हो । युरोप अगाडि बढिरहेको छ । यो जीवन्त छ । युरोपको जीवन चलायमान छ । युरोपले उत्कृष्ट पुनरागमन गर्नेछ ।’

यसको सबैभन्दा ठूलो उदाहरण बुडापेस्टको पुस्कास एरिनामा हुने खेल हुनेछ । त्यस रंगशाला शतप्रतिशत भरिने विश्वास छ । प्रत्येक आयोजक रंगशालामा शतप्रतिशतदेखि क्षमताको एक चौथाइ दर्शकलाई प्रवेश दिनु नै पर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top