×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोरोना रोकथामका लागि स्थानीय तहको काम असाधारणः हृदयेश त्रिपाठी

१६ असार २०७७

१६ असार, काठमाडौँ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उपस्थित भएका मन्त्री त्रिपाठीले क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गरेको बताए ।

स्थानीय तहलाई संविधानले दिएको असाधारण प्रकृतिको अधिकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग भएको बताए । उनले भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी देखिएको बताए । सबैभन्दा पहिला सिमामा रहेका स्थानीय तहमा मानिसहरु आउने भएकाले उनीहरुले गरेको व्यवस्थापन कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भएको मन्त्री त्रिपाठीले बताए । स्थानीय तहले बनाएका क्वारेन्टाइनको व्यवस्थापनाका लागि सरकारले पठाउने बजेट मन्त्रालयमार्फत नभई सिधै कोरोना कोषबाट निकासा भएको उनले जानकारी दिए । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या र दिन हेरेर बजेट पठाइएको बताए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताए । यस्तै पछिल्लो समय १० अर्ब कहाँ खर्च भयो भन्ने प्रश्न उठेको र त्यो रकम स्थानीय तहमा मात्र नभई प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयमा निकासा भई खर्च भएको जानकारी समेत गराए । बैठकमा सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गरेको काम र तीन तहका सरकार बीचको समन्वयको बारेमा चासो राखेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top