१० चैत, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।

सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो । सरकारले उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम गर्न आव्हान गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top