Nepal Times
Nepal Times
3
Shares

कोरोना रोकथाम, पहिचान र उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

कोरोना रोकथाम, पहिचान र उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

६ वैशाख, काठमाडौं । सरकारले कोभिड १९ रोगको रोकथाम पहिचान र उपचारको लागि आवश्यक सम्पुर्ण व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ ।

अत्यावश्यक सामाग्री खरिद तथा आवश्यक जनशक्तिको व्यवस्था मिलाउने, अस्पतालको आईसोलेसन लगायतको व्यवस्थापन गर्न भनिएको छ । मन्त्रालयललाई सूचीकृत अस्पतालहरुलाई संक्रमितको उपचारमा लाग्ने खर्च संस्थागत आईसोलेसन २ हजार, अस्पतालको आईसोलेसन ३ हजार ५ सय र मध्यम जटिल केसको उपचारको लागि ७ हजार र गम्भीर विरामीको आईसियुमा भेन्टिलेटर सहितको उपचारका लागि १५ हजार प्रतिव्यक्ति प्रतिदिन भनि निर्धारित ढाँचा रकम प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्चको शोधभर्ना भुक्तानी गर्न भनिएको छ । सम्बन्धित प्रदेश सरकार संगको समन्वयमा सिमा नाकाहरु नजिक कम्तिमा १ हजार क्षमताको संख्यामा होल्डिङ सेन्टरको व्यवस्थान गर्ने , होम क्वारेन्टीन र आइसोलेसनमा रहेका विरामीलाई अस्पतालसम्म पुर्याउने काममा सघाउ गर्ने र आवश्यकता अनुसार उपचारमा सहजीकरण गर्ने भनिएको छ ।

मन्त्रालयले नै संक्रमितको मृत्यु भएमा उनीहरुको परिवारको परम्परा अनुसार अन्त्येष्ठी गर्ने व्यवस्था मिलाउने,सो काममा २५ जना भन्दा बढी सहभागी हुन नपाईने र आवश्यक परेमा संंक्षिप्त कार्यविधि २०७६ अनुसार नेपाली सेनाले गर्ने मृतकको अन्त्येष्ठी गर्ने गरि व्यवस्था मिलाउने छ । त्यसैगरी आवश्यकता अनुसार एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाउने जिम्मा पनि मन्त्रालयलाई दिईएको छ । कोभिड नियन्त्रण सम्बन्धी जारी आदेश कार्यन्वयनमा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही र सँजाय हुने गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.