Nepal Times
Nepal Times
3
Shares

कोरोना र सामाजिक बहिष्कारको डर

कोरोना र सामाजिक बहिष्कारको डर

✍आभाष फुयाल
विश्व कोरोना भाइरसले आक्रान्त बनिरहेको छ। विश्वमा १९,६६०,५४० जना कोरोनाबाट सङ्क्रमित भैसकेका छन भने ७२६,४१५ जनाको निधन भैसकेको छ। चाइनाको वुहनबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोभिड१९ अर्थात कोरोना भाइरसले आज विश्व आक्रान्त पारीरहेको छ। विश्व स्वास्थ्य सनंगठनले सन २०२० मार्च ११ मा विश्व महामारीको रुपमा यसलाई घोषणा गर्यो । नेपाल सरकारले २०७६ चैत ११ गतेबाट घोषणा गरेको बन्दाबन्दी २०७७ साउन ६ गते बाट अन्त्य गरेको छ। बन्दाबन्दी अन्त्य सगै केही ठाउँहरुमा समुदायमा कोरोना फैलिएको पुष्टी भएको छ। समुदायमा कोरोना फैलिएको पुष्टि भएपछि पर्सा, राजाबिराज , बिराटनगर लगायत ठाउँमा पूर्ण रुपमा बन्दाबन्दी लगाइएको छ भने केही ठाँउमा निषेधाज्ञा जारी भएको छ । नेपालमा पछिल्लो विवरण हेर्ने हो भने कारीब २२,६१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै करीब १६,३१७ जनाले कोरोना जितेर घर फर्केका छन। त्यस्तै मृतकको सङ्ख्या पनि दिनदिनै बढ्दो छ। हालसम्म नेपालमा कोरोका संक्रमित ७३ जनाको निधन भईसकेको छ।

भाईरस निर्मुल गर्ने आजसम्म कुनै पनि खोप आविस्कार भएको छैन। अहिलेको अवस्थामा यो बाट बच्ने सबै भन्दा उचित उपाय भनेकै माक्स लगाउने, सामाजिक दुरी अपनाउने, साबुन पानीले हात धुने स्यानिटाइजर प्रयोग गर्ने र सकेसम्म अत्यावश्यक काम बाहेक घरबाट ननीस्कनु नै हो । बन्दबन्दी अन्त्य हुनु भनेको नै महामारी अन्त्य हुनु सरह भएको छ। हामी बन्दाबन्दी अन्त्य सगै लापरवाहीको सिमा पार गरिरहेका छौ। लापरवाहीकै कारण केही ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएको छ । यही लापरवाही हामी गरिरहने हो भने पुन देश ब्यापी बन्दाबन्दी या त्यो भन्दा कडा कफ्र्यु जारी गर्नु पर्ने दिन धेरै टाढा नहोला । हाम्रो लापरवाहिले कडा कफ्र्यु तर्फ नै देश जाने आभास भाईरहेको छ। विभिन्न विज्ञहरुले पनि अहिलेको अवस्था हेर्दा देशमा लकडाउन होइन निषेधाज्ञा जारी गर्नुपर्छ भन्ने मा मत बलियो भएको देखिन्छ। समुदायमा कोरोना फैलिएको बेला परीक्षण बढाएर कोरोनको चेन काट्नै पर्छ। नेपालमा पछिल्लो दिनमा समुदायमा कोरोना सङ्क्रमण देखा परिरहेको छ। को सुरक्षित छ र को असुरक्षित छ यहाँ कसैले भन्न सकिदैन। आफुलाई रोग लागोस भन्ने चाहना नत मलाई छ नत म जस्ता विश्वका ७,८०३,५८५,५४३ जनालाई नै यो चाहना होला। दिनहु बढ्ढो सङ्क्रमणले मानिसहरुमा मानसिक तनाब बढ्दो छ। समुदायमा कोरोना सङ्क्रमण बढेकोमा यो अवस्थामा सामाजिक एकता र सामाजिक सद्भाव निकै नै जरुरी रहेको छ। रोग लाग्नु भनेको कुनै पनि अपराध पक्कै होइन र यो कसैको चाहना पनि होइन कि उसलाई रोग लागेर उ बाट यो रोग उसको परिवार उसको समुदायमा फैलियोस भन्ने चाहना पनि पक्कै उसको होइन। यदी कोही सङ्क्रमित छ भने उ जति सक्दो आफ्नो परिवार आफ्नो छरछिमेकीलाई बचाउने तर्फ केन्द्रित हुन्छ। कोही सङ्क्रमित आफु र आफ्नो छरछिमेकिलाई बचाउने तर्फ लाग्छ तर हाम्रो समाज भने उही सङ्क्रमितहरुलाई घृणा गर्छ उहीलाई समाजबाट बहिस्कार गर्न खोज्छौ सायद कलियुगको मानवता भनेको यही होला।

कसैलाई दुःख हुँदा सहानुभुति दिएर हौसला दिनु हाम्रो कर्तब्य नै हो तर हामीले कोरोना सङ्क्रमित भएका ब्यक्तिहरुले ठुलै अपराध गरे झै ब्यवहार गर्न थालेका छौ । कोरोनाको फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी प्रहरी माथि नै हामी दुव्र्यवहार गरिरहेका छौँ । आफु जोखिममा हुँदा हुँदै शव व्यवस्थापन गर्न हिंडेका सुरक्षाकर्मीहरुलाई हामी ढुङ्गा बर्षाउछौ, हाम्रो लागि भनेर १४ घण्टा डाइपर लगाएर खट्ने, ३९ डिग्रीको तापक्रममा पिपिइ, माक्स , चश्मा , ग्लोभ लगाएर हाम्रै लागी खट्ने स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार गर्छौ। स्वास्थ्यकर्मी भन्ने बित्तिकै हामी छिछी दुरदुर गर्छौ । केहि दिन अघि मात्रै बिराटनगरमा विरामीको मृत्यु पछि आफन्तहरु हाम्रो लागि सबै सुख छोडी दिनरात नभनी खट्ने स्वास्थ्यकर्मीहरुमा कुन मानसिक असर पर्छ हामीले बुझेनौ हामीले बुझेनौ । स्वास्थ्यकर्मीहरुलाई कसैको ज्यान लिने चाहना हुन्न, उसले सक्दो आफ्नो मेहनतले बिरामीको ज्यान बचाउने गर्छ। तर हामी बुझ्दैनौ र उनीहरु माथि दुब्र्यवहार गर्छौँ । कोरोना सङ्क्रमण बढे सगै स्वास्थ्यकर्मीहरुमा दुब्र्यवहार हुने घटना बढ्दो छ । चिकित्सकहरुलाई घरबाट बाहिर निकाल्ने, कोठामा छिर्न नदिने जस्ता घटनाले स्वास्थ्यकर्मीहरुको आत्मबल घट्दो छ ।

वर्तमान स्थितिमा स्वास्थ्य सेवाका लागि खट्ने र कोरोना सङ्क्रमित सामाजिक अस्वीकृतिको शिकार भई रहेका छन। कोरोना सम्बन्धी विभिन्न अध्ययनले कोही व्यक्ती सङ्क्रमित भएको २१ दिन पछि उसले अरुलाई भाईरस सार्ने सम्भावना निकै कम देखाएको छ। कोरोनाबाट मुक्त भएका व्यक्तिहरुले अरुलाई फेरी भाईरस सार्न नसक्ने हुँदा हुँदै पनि सामाजिक बहिस्कारको सिकार भाईरहेका छन । घर , छिमेक, पसल , कार्यालयबाट बहिस्कार हुँदै जान्छन । कोरोनाबाट त उसले जित्छ तर उसले समाजलाई जित्न सक्दैन। उ मानसिक रुपमा अशक्त हुन्छ र विभिन्न मानसिक रोगको सिकार हुन्छ। केही दिन अघि पारिवारिक , सामाजिक बहिस्कारको कारण एक कोरोना जिती घर फर्केको युवाले आत्महत्याको बाटो रोजे त्यस्तै करीब १ महिना अघी रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षिय युवाले कोरोना जितेर घर फर्किएकै दिन आत्महत्या गरेका थिए। यसमा दोष छ त केबल मानवता हराएको समाजको ।

सेतो कोट, सम्मानित कपडाको रूपमा कुनै बेला मानिन्थ्यो अब संक्रमित र अपवित्र सामानको प्रतीकका रुपमा ट्याग गरिएको छ। निको भएका बिरामीहरूमध्ये धेरैले समुदायमा प्रवेश दिन अस्वीकार गरिएको छ किन भने धेरै मानिसहरुमा भ्रम के छ भने उनीहरू पुनः संक्रमित हुन सक्छन र अरूलाई भाइरस सार्न सक्छन । समुदायले देखाएको यो बिकृतिले यस संकटलाई नियन्त्रण गर्न असमर्थक वातावरण सिर्जना गरिरहेको छ । कोरोना सङ्क्रमित हुनु अपराध होइन तर समाजले अपराधीको नजरले सङ्क्रमितलाई हेर्ने गर्छन । तर हामीले वास्तबमा कोरोना जिती फर्केकाहरुलाई धन्यवाद दिनु पर्छ किन भने उनीहरुको शरीरमा एन्टिबडी बनेको हुन्छ जसले कोरोना सङ्क्रमितको उपचारमा निकै मद्धत गर्ने गर्दछ, तर हामी उनिहरुलाई नै दुव्र्यवहार गर्न लागि पर्छौँ।

समाजमा देखिएको यस बिकृतिले समुदायमा फैलिएको कोरोनाको नियन्त्रण थप जटिल बनाउदै गएको छ । कोरोना सङ्क्रमितको आत्मबल बढाउनु पर्ने बेलामा हामी उनिहरुलाई हेला गर्ने गर्छौ। आफु सुरक्षित रहनु पर्छ तर स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितहरुलाई छिछी दुरदुर गरेर पक्कै पनि आफु सुरक्षित हुन्नौ। आफु सामाजिक दुरी नमान्ने , माक्स प्रयोग नगर्ने र कुनै पनि स्वास्थ्य सावधानी नअपनाउने अनि उनिहरुको आत्मबल नै कमजोर हुने गरी उनिहरुलाई सामाजिक बहिस्कार गर्नेले गर्दा कुनै पनि व्यक्ति आज यसबारे खुलेर बोल्न सक्दैनन।

कोरोना सङ्क्रमित व्यक्तिहरुलाई सद्भाव र सहयोगको खाँचो हुन्छ तर सहयोग र सद्भाव परको कुरा हामी उनिहरु सँग बोल्न समेत रुचाउदैनौ। कुनै पनि रोग जित्न आत्मबल निकै बलियो हुनु पर्छ तर हामी उनिहरुको आत्मबल नै गिराउने खालको व्यवहार गर्छौ ।

समाजले गर्ने भेदभाव छिछी र दुरदुरले नै अहिले पनि कोरोनाको लक्षण भएका धेरै मानिसहरु घर भित्रै लुकेर बस्न वाध्य छन। धेरै मनिसहरुले कोरोनाको परिक्षण गर्दा आफ्नो पहिचान पनि लुकाएको पाइको छ यो केबल समाजबाट हुने भेदभावबाट बाँच्न हो। हाम्रो यस्तो व्यवहारले के हामी सुरक्षित छौ त? मेरो बिचारमा अहिले अधिकांश ठाउँमा देखिएका व्यवहारले सिङो मुलुकनै खतरामा परेको छ। यस्ता व्यवहार हुन्छ भन्ने थाहा पाएर नै आज सयौ कोरोना सङ्क्रमित व्यक्तिहरु आफ्नो पहिचान खुलाउन चाहदैनन जस्को कारण उसको सम्पर्कमा आएका धेरैमा कोरोना सङ्क्रमण फैलिन सक्ने डर हुन्छ , हाम्रो यस्तै व्यवहारले कोही व्यक्ति आफ्नो पहिचान नै परिक्षण कै बेला लुकाउछन यसले समाजमा सङ्क्रमणमा जोखिम कति बढ्छ अनुमान गर्न सक्दैनौ। यसमा कोरोना सङ्क्रमित भन्दा पनि समाजमा छिछी दुरदुर गरी भेदभाद गर्ने व्यक्तिको गल्ती देखिन्छ। यदि कोही सङ्क्रमित भए उनीहरुलाई पक्कै त्यही बेला भेट्न सम्भब नहोला तर प्रविधिको पायोग गरी उनीहरुको आत्मबल बढाउन हामीले सक्नु पर्छ । समाजमा भएका यस्ता भेदभावको अन्त्य गर्नै पर्छ। हामीले एक अर्कालाई भेदभाब गर्ने हो,बिरामीको आत्मबल गिराउन खोज्ने हो भने विवेकशिल प्राणी भनी आफुलाई पारीचित गराउनु पनि लज्जित हुनुपर्छ।

सरकार , नागरिक, न्यायलय , समाज सबैले यस्तो बातावरण निर्माण गर्नुपर्छ जहाँ स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमित , कोरोना जिती घर फर्केकाहरुको आत्मबल गिराउने खालको कार्य कहिल्यै नहोस। अझै पनि उचित शिक्षा र जनचेतनाको अभाब देखिदै छ । कोरोना जिती आएको व्यक्ति समाजका लागि खतरानाक हुन्छन भन्ने कुरामा अझै भ्रम मै छ समाज । जुन चिर्न निकै आवश्यक छ। त्यसको लागि बिशेषज्ञ , सरकारको भूमिका निकै नै आवश्यक पर्छ । कोरोना सङ्क्रमण मुक्त भएकाहरुलाई समाजमा पुनस्र्थापना गर्न कोरोना जितेकाहरुको बारे यथार्थ र भाइरसको बाच्ने अवधि बारे जनचेतना कार्यक्रम सरल सबैले बुझ्ने गरी गर्नु निकै जरुरी रहेको छ। जनचेतनाको कमिले जसरी अन्य विभिन्न भेदभाव छुवाछ्त अझै समाजले जरा गाडेको छ त्यस्तै कोरोना जितेर समाजमा फर्केकाको हकमा पनि त्यस्तै नहोस भन्न पनि जनचेतना कार्यक्रम गर्नु निकै जरुरी छ। जनचेतनाको कमिले कोही पनि कसैको आत्महत्याको कारक नबनोस यसमा सरोकारवालाको ध्यानाकर्षण हुनु निकै जरुरी रहेको छ।

हामीले समाजमा गर्ने बानीका कारणले नै समाजमा कोरोनाको जोखिम बढ्दो छ। सामाजिक बहिस्कारको डरले नै गर्दा आफ्नो पहिचान खुलाउन कसैले चाहदैनन जस्ले गर्दा जोखिम थप बढ्दो छ। सामाजिक बहिस्कारको डरले आफ्नो नाम गोप्य राख्न खोज्छौ।कोरोना सङ्क्रमितहरुलाई आफ्नो पहिचान खुलाउदा सामाजिक भेदभावको डर रहने बातावरणको अन्त्य गरी छरछिमेक साथीभाइ परिवारमा सामाजिक सद्भावको बातावरण बनाउन हामी सबैले उचित भूमिका खेल्नु पर्छ। रोग लागेको बेला सबै भन्दा ठूलो औषधि भनेको नै आत्मबल हो त्यसैले। उचित जनचेतनाका कारण सामाजिक भेदभावलाई उन्मूलन गर्न पनि सक्दछ र यस सार्वजनिक स्वास्थ्य संकटलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्दछ। सामाजिक भेदभाव कै डरले मान्छेहरु क्वारेन्टाइन , आइसोलेसन र कोरोना मुक्त भएर घर पुगेर पनि आत्महत्याको बाटो रोजी रहेका छन। मनिसहरु को आत्मबल बढाउन र सामाजिक सद्भाव अन्त्य हुन नदिन कोरोना अपराध होइन , रोग जसलाई पनि लाग्न सक्छ भन्ने वातावरण निर्माण गर्नु पर्छ अनि मात्र मानिसहरुलाई खुल्ला र सार्वजनिक रुपमा मलाई कोरोना लाग्यो मेरो सम्पर्कमा आएकाहरु गएर कोरोना परीक्षण गराउनु भन्न सक्ने अवस्थामा रहन्छन।

सामाजिक सद्भावका लागि सबैले यसबेला मानवता र कसैको आत्मबल बढाउन सङ्क्रमितहरुलाई हौसला दिने,कोरोना जितेर घर फर्केकाहरुलाई सामाजिक भेद्भाव नगरी समाजमा कुनै पनि रोकावट बेगर समाजमा पुनस्र्थापना गर्न हामीले भूमिका खेल्ने हो भने कसैले पनि आफ्नो परिचय लुकाउदैन होला र सामाजिक भेद्भावको डरले कोरोना सङ्क्रमण लुकाउदा हुने जोखिमलाई पनि न्युनिकरण गर्छ नै , त्यसैले कोरोना जितेर फर्केका, उपचारमा १४ घण्टा सम्म डाइपर लगाएर खट्ने स्वास्थ्यकर्मीहरु प्रति सम्मान व्यक्त गर्दै उनीहरुको आत्मबल बढाउन हामीले सद्भावको भावना देखाउनु पर्छ। अन्त्यमा कोरोना लाग्नु र कोरोना सङ्क्रमितको उपचार गर्नु भनेको अपराध गर्नु होइन त्यसैले सङ्क्रमित र स्वास्थ्यकर्मी प्रति सबैले सम्मान व्यक्त गरौ। के कसैलाई कोरोना संक्रमित भयो भने उसले समाजको लागि अपराध गरेको हुन्छ? रोग हो जसलाई पनि लाग्छ। समाजबाट अपहेलित गराउने काम बन्द गरौ । भोलि तपाईलाई पनि पर्न सक्छ। तपाईलाई कसैले त्यस्तो व्यवहार गर्याे भने कस्तो लाग्छ आफै सोचौ।
सचेत बनौँ, जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौँ

( लेखक आभाष फुयाल काठमाडौं स्कुल अफ लमा अध्ययनरत हुनुहुन्छ ।)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.