१ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका छन् ।
उनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तरिक संकट’ को संज्ञा पनि दिएका छन् ।
रुसी सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको टिप्पणी पनि गरे ।
अमेरिकामा १ लाख १७ हजार व्यक्तिको मृत्यु भएको छ भने त्यहाँ २१ लाख ६२ हजार मा संक्रमण देखिएको छ । जबकी तेस्रो स्थानमा रहेको रुसमा रुसमा ५ लाख २८ हजार व्यक्ति संक्रमित हुँदा करिब ७ हजार व्यक्तिको मृत्यु भएको छ ।