२८ वैशाख, काठमाडौँ ।
कोरोना संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन काठमाडौँ जिल्ला प्रशासनले आग्रह गरेको छ।
जिल्लाभित्रका विभिन्न अस्पतालहरुको संयुक्त अनुगमनपछि काठमाडौँ जिल्ला प्रशासनले ध्यानाकर्षण गराएको हो।
कोरोना संक्रमितको उपचारमा अस्पतालहरुले मनलाग्दी शुल्क लिइरहेको भन्दै जनगुनासो बढिरहेको छ। सरकारी अस्पतालमा बेड नपाउँदा बिरामीहरु निजी अस्पतालहरुमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन्।