Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

२० मंसिर, विराटनगर ।

कोरोना सङ्क्रमण भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। बिहीबार साँझ अचानक उनको शरीरमा अक्सिजनको कमी भएपछि उनलाई शुक्रबार अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.