Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमित युवतीसंगै आएका दुई जना धरानका पनि रहेकाले उपमहानगरपालिकामा आकस्मिक बैठक बस्दै

कोरोना संक्रमित युवतीसंगै आएका दुई जना धरानका पनि रहेकाले उपमहानगरपालिकामा आकस्मिक बैठक बस्दै

११ चैत, धरान । कोरोना संक्रमित युवतीसंग आएका दुई जना धरानका पनि रहेकाले अहिले धरान उपमहानगरपालिकामा आकस्मीक बैठक बसेको छ ।

सोमबार काठमाडांैमा कोरोना संक्रमित पुष्टि भएका युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र धरान १६ का दुई जना पनि रहेको बताईएको छ । उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

आकस्मीक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने र भोली बुधवार देखि धरानमा कोही पनि मानिस बाहिर हिडडुल गर्न नदिनेबारेमा छलफल भईरहेको बताईएको छ ।

धरानमा लकडाउनको बेलामा पनि सवारी साधन चलाउनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले कोभिड १९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट सर्वसाधरणहरुलाई सुरक्षित राख्नका लागि आज मंगलबार देखि चैत्र १८ गते सम्म देशैभर लकडाउन जारी गरेको छ ।

सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दे सर्वसाधरण बाहिर निस्किएको भन्दै धरान प्रहरीले सर्वसाधरणलाई सार्वजानिक स्थलमा भेला भएर बस्न दिएको छैन भने मंगलबार दिउँसो सम्ममा ३ सय मोटरसाईकल र स्कुटर ६० वटा टेम्पोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नियन्त्रणमा परेका सवारी साधनका चावी लकडाउन सकिएपछि मात्रै सवारीधनीलाई फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.