Nepal Times
Nepal Times
3
Shares

कोलकातामाथि सानदार जित निकाल्दै बेंगलोर दोस्रो स्थानमा उक्लियाे

कोलकातामाथि सानदार जित निकाल्दै बेंगलोर दोस्रो स्थानमा उक्लियाे

६ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको को ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बेंगलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।

जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे । गुरक्रित सिंहमानले २६ बलमा ४ चौका प्रहार गरे । कोहलीले १७ बलमा २ चौका प्रहार गरे ।

ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ६.२ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । लोकी फर्गुसनले विकेटकिपर दिनेश कार्तिकबाट फिन्चलाई १६ रनमा क्याच आउट गराए । फिन्चले २१ बलमा २ चौका प्रहार गरे । दुई बल पछि पाडिक्कल २५ रनमा रन आउट हुन पुगे । पाडिक्कले १७ बलमा ३ चौका प्रहार गरे । कोलकाता लोकी फर्गुसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।

 

कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर मोहम्मद शिराजले दोस्रो ओभरको तेस्रो बलमा विकेटकिपर एबी डि भिलियर्सबाट ओपनर राहुल त्रिपाठीलाई एक रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा नितेश राणा शून्यमा बोल्ड आउट हुन पुगे ।

नवदीप सैनीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुभमन गिल टप एज लागेर मिडविकेटमा एक रनमा क्रिस मोरिसबाट समातिन पुग्दा कोलकाता ३९३ को कमजोर अवस्थामा पुगेको थियो । गिल दबाबमा सम्हालिन नसक्दा उक्त सट खेलेका थिए । सस्तैमा तीन विकेट गुमाएको कोलकाता मध्यक्रमका ब्याट्सम्यान पनि धेरै समय मैदानमा बिताउन सकेनन् ।

शिराजकोनै चौथो ओभरको तेस्रो बलमा टम ब्यान्टन एज लाग्दै डि भिलियर्सबाट १० रनमा क्याच आउट भएपछि कोलकाता १४९४ को कमजोर अवस्थामा पुगेको थियो । ब्यान्टनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिराजले दुबै ओभर विकेटमेडन राखेका थिए । जुन आइपिएल इतिहासमा एकै खेलमा दुई मेडन राख्ने शिराज पहिलो बलर बनेका छन् ।


नवौं ओभरको चौथो बलमा युजभेन्द्र चहलले दीनेश कार्तिकलाई चार रनमा एलबीडब्लू आउट गरे । सुरुवातमा चहलको आग्रहलाई एम्पायरले नमानेपनी कप्तान विराट कोहलीले रिभ्यु लिदै कार्तिकलाई पेभेलियन फर्काए । कार्तिकले १४ बलको सामना गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा चहलले प्याट कमिन्सलाई ४ रनमा देबदत्त पडिक्कलबाट क्याच आउट गराए ।

कमिन्सले १७ बल खेलेका थिए । स्पिनर वासिन्टन सुन्दरको १६ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा मोर्गन गुरक्रित मानसिंहबाट क्याच आउट हुन पुगेका थिए । लोकी फर्गुसन १६ बलमा १ चौका सहित १९ रनमा अविजित रहे । कुलदीप यादव १२ रनमा रन आउट भएका थिए ।

 

मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।

बेंगलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्नेछ भने कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.