×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोलकाता डा.प्रकरणःअगष्ट ९ को कालो रात के भएको थियो ?

२ भाद्र २०८१

२ भदौ , विराटनगर ।
भारतीय शहर कोलकातामा प्रशिक्षार्थी डाक्टरमाथि भएको यस्तो क्रूरता सायदै कसैले देखेको सुनेको होला । निर्ममतापूर्वक कुटपिट, त्यसपछि बलात्कृत र अन्ततः हत्या… यो क्रूरताले सबैलाई रुवाएको छ । कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको बारेमा चकित पार्ने खुलासा भएको छ ।कोलकाताको आरजी कार मेडिकल एण्ड हस्पिटलका प्रशिक्षार्थी डाक्टरमाथि भएको क्रूरताले सबै हद नाघ्यो ।

पोस्टमार्टम रिपोर्टमा हत्याराले उनलाई नराम्ररी कुटेको खुलेको छ । जसमा पीडितको चस्मा फुटेको थियो ।अनि चस्माका टुक्रा आँखाभित्र पसेका थिए ।आमाबाबु, साथीहरू, शिक्षकहरू, आम सर्वसाधारण जसले यो घटना सुनेका छन्, उनको लागि एउटै शब्द भनिरहेका छन् योद्धा। आरजी कार अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी ३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको स्वर्ण पदक जित्ने सपना थियो ।

सिलाई पेशा अंकालेका बुवाले छोरीलाई पढाउन दिनरात मिहिनेत गरे । छोरीले पनि पढाइमा कुनै कसर छोडिनन् । परिवारले जीवनभर संघर्ष गर्यो। छोरी कोलकाताको सघन जनसंख्या भएको सोदेपुरबाट आरजी कार पुगेकी थिइन्। अब परिवारको ऋण तिर्न छोरीको पालो थियो तर उनले मानव जीवनकै क्रुरता भोगेर यो संसार छाडेकी छन् ।

महिला डाक्टरका ६७ वर्षीय बुवाले भारतीय संचारमाध्याममा भनेका छन्, ‘हामी गरिब परिवार भएकाले निकै कष्ट गरेर हुर्केका छौं । उनले डाक्टर बन्न निकै मिहिनेत गरिन् । हाम्रा सबै सपना एकै रातमा चकनाचुर भए । सबै बंगाली परिवारहरू जस्तै, उनको परिवार पनि अक्टोबरमा दुर्गा पूजाको लागि उत्सुकतापूर्वक पर्खिरहेको थियो, जसको विशेष अर्थ थियो किनकि उनकी छोरीले २०२१ बाट घरमा पूजा आयोजना गर्न थालेकी थिइन्।

आमाले घरमा पूजाको तेस्रो वर्ष भएको र यसपटक ठूलो पुजा गर्ने योजना बनाएको बताइन् । यो विशेष अवसर थियो किनकि उनले आफ्नो पीजी अध्ययन पूरा गरेकी थिइन्। उनको राम्रो शैक्षिक स्कोर र नरम बोली व्यवहारको लागि परिवारका सबैले उनलाई एक रोल मोडेलको रूपमा लिन्थे । जब उनले पीजी गर्ने निर्णय गरिन्, उनले दुई मेडिकल कलेजमा योग्यता हासिल गरेकी थिइन् ।

तर घरबाट एक घण्टाको बस यात्रामा पुगिने आरजी कार कलेज उनले छनोट गरिन्। उनले माध्यमिक (कक्षा १० राज्य बोर्ड) मा ९०% र उच्च माध्यमिकमा ८९% अंक ल्याएकी थिइन् । छोरी डाक्टर बनेपछि उनका बुबा पनि निकै खुसी थिए । उनले भर्खरै आफ्नो घर मर्मत गरेर कार किनेका थिए। परिवार गरिबीबाट मुक्त हुँदै थियो। उनले श्वासप्रश्वास थेरापीलाई आफ्नो विशेषज्ञताको रूपमा रोजेकी थिइन्। तर कस्तो विडम्बना अन्त्यमा क्रुरताका बीच श्वासप्रश्वासकै लागि संघर्ष गर्दागर्दै उनले संसार त्याग्नु परेको छ ।

यो प्रकरणलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । जसमा सामाजिक सञ्जालबाट मृतक चिकित्सकको फोटो, नाम र परिचय हटाउन माग गरिएको छ । मृतक चिकित्सकको तस्बिर र परिवारको परिचय खुलाएर परिवारको इज्जतमा आँच पु¥याएको निवेदनमा उल्लेख छ । यसमा केन्द्र र राज्यसरकारसहित , फेसबुक, इन्स्टाग्राम, गुगल, युट्युब, ट्विटर एक्स र मिडिया हाउसलाई पनि विपक्ष बनाइएको छ । यसको सुनुवाई अगस्ट २० मा हुनेछ।

अहिले भारतभरका चिकित्सकमा आक्रोश छ । शनिबार सफदरजंग अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफले विरोध ¥याली निकालेका थिए । दिल्लीका अन्य अस्पतालमा पनि हडताल भएको छ ।उनीहरुले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । अनुशन्धानको जिम्मा पाएको सिबिआईले अहिलेसम्मको अनुसन्धान र डाक्टरका सहकर्मीहरूको बयानबाट थाहा पाएको छ कि मानव अंगको अवैध व्यापारको पर्दाफास गर्ने प्रयास रोक्न प्रशिक्षार्थी डाक्टरलाई बाटोबाट हटाइयो थियो ।

एजेन्सीले शनिबार १३ जनालाई सोधपुछ गरेको थियो । दुई दिनमा १९ जनासँग सोधपुछ गरिसकेको छ। जसमा अस्पतालबाट मानव अंग तस्करीको ¥याकेट चलेको आधाभन्दा बढीले जानकारी दिएका छन् । यसमा राजनीतिक दलका नेता र डाक्टरहरु नै सम्लग्न छन् । आरजी कार मेडिकल कलेजमा ९ अगस्टको त्यो कालो रात । जहाँ ह्दय नै छियाँछियाँ पार्ने कुर्कत्य घटना भएको छ । पीडितको पोस्टमार्टम रिपोर्टले सबैलाई चकित बनाएको छ ।

रिपोर्टमा डाक्टरलाई बलात्कार मात्रै गरिएको थिएन ।वास्तवमा, त्यसअघि उनलाई नराम्ररी पिटिएको थियो। उनलाई यति हदसम्म कुटिएको थियो कि उनको शरीरका हरेक भागमा चोटका निशान थिए । पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको हात र अनुहारमा टोकेको निशान भेटिएको छ । उनको चस्माबाट सिसाका टुक्रा आँखाभित्र पसेका थिए । यति मात्र होइन आरोपीले पीडितको टाउको पनि भित्तामा बजारेका थिए ।

यसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो । पिडितको टाउको भित्तामा प्रहार गर्दा आरोपीले उनको मुख थिचेका थिए । यति मात्र होइन, आरोपीले प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गर्दा क्रूरताको हद नाघेको थियो । उनको प्राइभेट पार्टमा चोटका निशानहरू फेला परेका छन्, जसले बलात्कारको पुष्टि गर्छ । मेडिकल कलेजको सेमिनार हलभित्रै उनीमाथि निर्मम कुटपिट भएको थियो ।

निर्मम कुटपिट र यौन दुव्र्यवहार गरेपछि प्रशिक्षार्थी डाक्टरको घाँटी थिचेर हत्या गरेका थिए । आरोपीको हात र अनुहारमा टोकेको निशान पनि भेटिएको छ, जसले पीडितले आफूलाई बचाउन विरोध गरेको देखाउँछ। रिपोर्टमा मृत्युको समय शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म रहेको बताइएको छ । बंगाली दैनिक आनन्दबजार पत्रिकाको रिपोर्ट अनुसार पीडित महिलाले पेरिस ओलम्पिकमा नीरज चोपडाको प्रतियोगिता राती २ः३० मा आफ्ना चार सहकर्मीसँग डिनर गर्नुअघि हेरेकी थिइन् ।

यसपछि उनी सेमिनार हलमा आराम गर्न पुगिन् । प्रहरीले सात कनिष्ठ डाक्टरको बयान लिइसकेको छ, जसमध्ये चार जनाले पीडितसँग डिनर गरेका थिए। यस मामिलामा, सरकारी आरजी कार मेडिकल कलेज र अस्पतालका प्रिन्सिपल सन्दीप घोष सीबीआईको केन्द्रमा आए, जसलाई एक जुनियर डाक्टरको बलात्कार र हत्यालाई आत्महत्यामा बदल्न खोजेको आरोप छ।

कलेजका प्रिन्सिपलले यो बलात्कार–हत्याको घटनालाई आत्महत्यामा परिणत गर्न खोजेका थिए । तर उनी असफल भए । डाक्टरलाई न्यायको लागि देशभरि प्रर्दशन चर्किएपछि कलेजका प्रिन्सिपल घोषले घटनाको चार दिन पछि आफ्नो पदबाट राजीनामा दिएका थिए ।उनीसँग सीबीआईले लगातार सोधपुछ गरिरहेको छ ।

हत्यापछि पक्राउ परेका मुख्य अभियुक्त सञ्जय रोय घर गएर लामो समय सुतेको प्रहरीले जनाएको छ । सञ्जय रोयको आरजी कार मेडिकल कलेज र अस्पतालसँग कुनै सम्बन्ध थिएन। तर उनी त्यहाँ बारम्बार आउने गर्दथे । समाचार एजेन्सी पीटीआईका अनुशार उनले प्रमाणहरू हटाउनका लागि लगाएका लुगाहरू धोएका थिए। खोजीका क्रममा उनको जुत्ता फेला परेको थियो जसमा रगतको दाग थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top