Nepal Times
Nepal Times
3
Shares

कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटनामा पाँच प्रहरीको मृत्यु

कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटनामा पाँच प्रहरीको मृत्यु

१७ जेठ, एजेन्सी ।

कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।

आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिए। उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।

ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनु परेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.