×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोशीका मुख्यमन्त्रीको दाबी : प्रदेश सरकारले अहिले धेरै राम्रो काम गरेको छ

२९ श्रावण २०८१

२९ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरेको दाबी गरेका छन् । मंगलबार मोरङको उर्लाबारीमा बलराम तथा लक्ष्मीदेवी गड्तौला प्रतिष्ठानले आयोजना गरेको दौतरी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको जिकिर गर्दै केही समूह यसलाई बदनाम गर्न लागिरहेको आरोप लगाए । कुनै नेता मन परेन भन्दैमा प्रदेश खारेज गर्नुपर्छ भनेर आवाज उठाउनु सान्दर्भिक नहुने उनको भनाइ छ ।

‘कसैले नेता मन परेन भनेर प्रदेश खारेज गर्नुपर्छ भन्नुहुन्छ, कसलै छोराछोरीलाई जागिर लगाइदिनस् भनेर गाली गर्नुहुन्छ, कसैले व्यक्तिगत स्वार्थ पुरा गर्न हामीलाई गाली गर्नुहुन्छ,’ उनले भने, ‘यस्ता कुराले कसैलाई पनि फाइदा गर्दैन, त्यसैले सबै मिलेर प्रदेशलाई बलियो बनाउन लाग्नुपर्छ ।’

उनले संघीयता मान्दिनँ भन्नु भनेको संविधान च्यात्छु भन्नुसरह भएको बताए । संविधानमा नै प्रस्टसँग संघीयताका विषयमा उल्लेख भएको बताउँदै कार्कीले संघीयता हट्नेबित्तिकै मुलुकमा अर्को द्वन्द्व सुरु हुने बताए ।

यस्तै कार्कीले जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई तीर्थव्रत गएजस्तै लागेको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top