×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोशीका मुख्यमन्त्रीले गरे २४३ किमि पैदल यात्रा, हात्तीमैत्री पदयात्रा सम्पन्न

१५ फाल्गुन २०८०

१५ फागुन , विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सम्पन्नभएको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते पदयात्रा शुरु भएको थियो । यसक्रममा मुख्यमन्त्रीकार्कीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेका छन् ।

यसक्रममा उनले ती जिल्लाका २४ स्थानीयतह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुंदै पदयात्रा गरेकाथिए ।यसक्रममाकार्कीले दैनिक ४० किलोमिटर पैदलयात्रा गरेकाथिए ।

मुख्यमन्त्रीले पीडित र सर्वसाधारणसंग प्रत्यक्ष अन्तरसंवाद गरी जानकारी लिएको विषयलाई संश्लेषण गरिने र कार्ययोजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिए ।

जंगली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यो यात्रा मानव हात्ती बीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

हात्ती दुश्मन होइन भन्दै मुख्यमन्त्री कार्कीले पालिका, वार्ड र खेत खलियानसम्म सरकार पुगेको बताउंदै भने,“जंगल कसको हो ?हामी स्थानीयबाट समस्याबुझ्ने र समाधानको उपायलिनपदयात्रामानिस्किएकाहौं । हात्ती संगसंगै बस्नुको विकल्प छैन ।“

कार्कीले सरकार आफै जंगल, बस्ती र टोलटोलसम्म पुगेर समस्या बुझ्ने कामको शुरुवात गरेको बताउंदै उनले यो सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको सुनाए ।

जनसड़ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चापले हात्तीको जैविकमार्गको सड्कुचन र प्राकृतिक बासस्थानको घटेको यात्रामा देखेको र यस्ता विषयलाई बजेटमार्फत सम्बोधनगर्ने कार्कीले बताए ।

कोशीप्रदेशका ५ जिल्लामा हात्तीले घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । समस्याहरुलाई उजागर गरी आगामीदिनमा मानव हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रकृयामा हात्तीमैत्री वातावण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेंतर्फ यस पदयात्रा लक्षित रहेको पर्यटन वनतथावातावरण मन्त्री गणेश उप्रेतीले बताए ।

हात्ती विज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि संसारभर यसरी कतै पनि पदयात्रानभएको बताउँदै भने,“यो यात्राले हात्ती संरक्षणमा थप काम गर्न बल पुगेको छ । यो संसारमै पहिलो पटक पर्यावरण मैत्री पदयात्रा भएको छ ।“

समापनकार्यक्रममा हात्ती विज्ञ रमेश थापा, शंकर लुइँटेल, संघीय सरकारका सचिवदिपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top