×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कोशी सरकार ढल्यो, हिक्मतले पाएनन् विश्वासको मत

१५ असार २०८०

१५ असार, विराटनगर ।
प्रदेश सभामा आवश्यक विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै देशकै सबैभन्दा दोस्रो ठूलो दल नेकपा एमाले केन्द्र र सबै प्रदेशमा सरकारबाट विमुख भएको छ । एमालेको नेतृत्वको एक मात्रै सरकार कोशी प्रदेशमा मात्रै रहेको थियो ।

प्रदेशसभाको बिहीबार र शुक्रबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक अबेर राति स्थगित भएको थियो ।

मुख्यमन्त्रीले राखेको प्रस्तावमा अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीलेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत परेको छ । जसमा एमालेका ४० जना सांसद र राप्रपाका ६ जना सांसदले समर्थन गरेका थिए । उनको विपक्षमा भने ४३ मत परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे ।

आजको मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन अथवा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । निर्णायक मत रहेको जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू बैठकमा अनुपस्थित भइन् । गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर, उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन् । एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्की नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले एमालेका दुई जना, माओवादी केन्द्रका दुई जना, राप्रपा र जसपाका एक÷एक जना मन्त्री नियुक्त गरेका थिए । तर, सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कार्कीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

अब विपक्षी गठबन्धनको समेत स्पष्ट बहुमत नपुग्ने अवस्थामा कोशी प्रदेशमा मध्यावधि निर्वाचनको संभावना बढी देखिएको नेताहरुले बताउँदै आएका छन् । विपक्षीले सरकार बनाउन आवश्यक सिट पुर्याउन नसके ठूलो दलको हैसियतमा एमालेले नै सरकार संचालन गर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top