Nepal Times
Nepal Times
3
Shares

कोसीपीडितको कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन

कोसीपीडितको कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन

३२ साउन, सुनसरी ।
सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो । ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.