Nepal Times
Nepal Times
3
Shares

को-को बने एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिव ?

को-को बने एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिव ?

७ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको अनौपचारिक बैठकले पदाधिकारीमा सहमति जुटाएको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो ।

पाण्डेका अनुसार पार्टी महासचिवमा डा. बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल को नाम टुंगो लागेको छ । उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनेछन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.