×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

क्यानडाविरुद्ध नेपालको क्लिन स्वीप, अन्तिम खेलमा ९ विकेटको जित

२९ माघ २०८०

२९ माघ , काठमाण्डौ ।
लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लिनस्वीप गरेको हो ।

अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जित दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।

लगत्तै फेरि उनले शतक प्रहार गरेका हुन् । लगातार दुई चौका प्रहार गर्दै ११८ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, अर्का खेलाडी भीम सार्कीले पनि शतक प्रहार गरे ।उनले १२७ बलमा शतक प्रहार गरेका हुन् ।

यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । नेपालको लागि कुशल भुर्तेलले १३ रन बनाए । क्यानडालाई तेस्रो खेलमा पनि कम योगफलमा रोक्न डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए ।

कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दल एकएक विकेट लिए । नेपाललाई २३३ रनको लक्ष्य दिने क्रममा क्यानडाको लागि नवनीत धलिवालले ५०, निखिल दत्तले ४५, साद विन जाफरले ३१ र हर्ष ठाकेरले २९ रन बनाए ।

कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए ।

कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए । नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए ।

नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो । नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top