Nepal Times
Nepal Times
3
Shares

क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी

क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी

२६ कार्तिक, काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसीर ७ गते काठमाडांैमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिम सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए । क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्यसमिति छ । सोही कार्य समिति चयनकालागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ ।

कुँवरले सूचना र प्रविधिको विकासकालागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.