Nepal Times
Nepal Times
3
Shares

क्याम्पस प्रमुखको कार्यकक्षको तालाबन्दी खोल्न एक वर्ष लाग्यो

क्याम्पस प्रमुखको कार्यकक्षको तालाबन्दी खोल्न एक वर्ष लाग्यो

६ भदौ, विराटनगर । एक वर्षदेखि तालाबन्दी रहेको विराटनगरको स्नातकोत्तर(डिग्री) क्याम्पसको ताला खुलेको छ ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । संवाद समूह मोरङमा भएको संवादमा ताला खुलाउने बारेमा सर्वपक्षीय छलफल भएको थियो ।

संवादमा प्राज्ञिक क्षेत्र विभाजित हुन नहुने, शैक्षिक क्षेत्रलाई बन्दी बनाउने काम रोक्न सबैले पहल थाल्ने निर्णय भएको थियो । त्यस्तै क्याम्पस प्रमुख महेश खत्रीलाई सहयोग गरेर जानुको विकल्प नरहेकोले क्याम्पस प्रमुखले आगामी दिनको योजना निर्माण गरी कर्मचारी, प्राध्यापकहरु बीचमा बैठक बोलाउनपत्र लेख्ने, प्रमुखले बैठक बोलाएर वातावरण सहज बनाउने र क्याम्पसको ताला खोल्न प्राध्यापकले भूमिका खेल्ने निर्णय भएको थियो ।

तत्काल देखिएको विवाद क्याम्पसबाट नै समाधानको पहलगर्ने र दलको तर्फबाट सहजीकरण गर्नका लागि तयार रहेकोले केहीदिनभित्रै ताला खोल्न पहल थाल्न सबै सहमत भएको एक महिनापछि ताला खुलेको हो ।

संवादपछि क्याम्पस प्रमुख खत्रीले प्राध्यापकहरुसँग छलफल सुरु गरेका थिए । प्राध्यापक संघले पनि इकाई कमिटीको बैठकपछि ताला खोल्ने निर्णय भएपछि शुक्रबार ताला खोलिएको प्राध्यापक संघ डिग्री क्यापस इकाई सभापति टुनाराज भट्टराईले जानकारी दिए ।

विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री) क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको बिषयलाई लिएर गएको भदौमा प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको थियो ।

कार्यकक्षमै तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ति लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरैबाट कार्यसम्पादन गर्दै आएका थिए ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक खत्रीलाई नियमविपरीत त्रिविले क्याम्पस प्रमुखमा नियुक्त गरेको विरोधमा तालाबन्दी गरिएको प्राध्यापक संघ संगठनले आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.