Nepal Times
Nepal Times
3
Shares

क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण

क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण

सर्लाही : सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ ।

सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर नगरपालिकाको हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।, यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षण गर्दा कविलासी नगरपालिकाको अगर्वा क्वारेन्टाइनमा रहेका ३६ जना र हरिपुर नगरपालिकाको हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कविलासीका ३६ जना सङ्क्रमितमध्ये एक जना क्वारेन्टाइन बस्नेहरूलाई खाजा, खाना बनाएर खुवाउने भान्सेसमेत हुन् । भान्सेमा नै सङ्क्रमण पाइएपछि क्वारेन्टाइनमा बसिरहेका सबै त्रसित भएका छन् । कविलासीका नगर प्रमुख कौशलकिशोर यादवका अनुसार ३० जना सङ्क्रमित भारतको मुम्बइ र अन्य छ जना भारतकै विभिन्न राज्यबाट आएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.