×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

खाँणलाई हराउँदै राप्रपाका बोहोराले खोले संसदको ढोका

१० मंसिर २०७९

१० मंसिर, काठमाण्डौ ।
गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । खाँणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । उनले २६८१ मतान्तरले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ७१७ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन् ।

कांग्रेस नेता खाँणले ३४ हजार ३६ पाए । खाँण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । बोहोरालाई एमालेले समर्थन गरेको थियो । राप्रपाका बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।

उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन एमालेका उपमहासचिव घनश्याम भुसालसँग पराजित भएका थिए । अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका खाँड भने यो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए ।

विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका खाँड २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रको रूपमा चिनिएका खाँड यसअघि रक्षा र सिचाइमन्त्री तथा शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका छन् । यसअघि अन्य चारजना मन्त्रीहरू पराजित भइसकेका छन् ।

यो निर्वाचनमा ऊर्जामन्त्री पम्फा भुसाल, खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना जारी छ । देउवाको मन्त्रिपरिषद्का १६ मन्त्रीमध्ये छ जना निर्वाचित भइसकेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top