×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद

२७ बैशाख २०८०

२७ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलिएको प्रकरणमा उच्च नेतृत्व मुछिदै गएपछि शीर्ष नेताहरुको पनि दौडधुप बाक्लिएपछि कतै यो प्रकरण त्यसै सामसुम त हुने होइन भन्ने आशंकाका बीच आज पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण निजि सचिवसहित पक्राउ परेका छन् ।

यही प्रकरणमा आरोपित अर्का पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका एमाले नेता टोपबहादुर रायामाझी फरार रहँदा खाँण पक्राउ परेका हुन् । यसैबीच नक्कली शरणार्थी प्रकरणमा धमाधम हाईप्रोफाइल व्यक्ति समातिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।

खाँण पक्राउ परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ’धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’ बुधबार बिहान पूर्व गृहमन्त्री खाँण र उनका निजी सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको थियो ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो । यसअघि भने रविले यो प्रकरणको अनुसन्धान फितलो भएको भन्दै प्रश्न उठाएका थिए ।

उनले शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको आशंका व्यक्त गरेका थिए । लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढे पनि त्यतिकै छाडिए हेरर नबस्ने चेतावनी पनि दिएका छन् ।

यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए ।

“आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनुभएको थियो,” गृह मन्त्री स्रोतले भन्यो, “गृहमन्त्रीले यो प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिनुभएको छ ।” यता नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् ।

यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताएका छन् । नक्कली शरणार्थी प्रकरणको अनुशन्धान निर्मम ढंगले गर्न मन्त्री श्रेष्ठले निर्देशन दिइरहेका बेला गृह मन्त्रालयका सचिव फेरिएका छन्।

गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सरूवा गरिएको छ। गृह सचिवमा भने दिनेश भट्टराईलाई ल्याउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top