×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

खेल्दाखेल्दै ढलेका फुटबलर, जो कहिल्यै उठेनन्

१२ भाद्र २०८१

१२ भदौ, विराटनगर । 

डेनमार्कका सेन्ट्रल मिडफिल्डर क्रिस्टियन एरिक्सन सन् २०२१ मा भएको युरोकपका दौरान ढलेको खेलप्रेमीलाई अवगत नै होला । युरोकपअन्तर्गत समूह चरणको खेल चलिरहँदा हृदयघातका कारण मैदानमै ढलेपछि उनलाई तत्कालै अस्पताल पु¥याइएको थियो ।

उपचारका क्रममा एरिक्सनले केही समय मैदानबाहिर बस्नु परेको थियो । उपचारपछि चिकित्सकले फुटबलमा नर्फन आग्रह गरेको भए पनि एरिक्सनले टेरेनन् । मैदानमा अचेत हुनुअघि इटालियन क्लब इन्टर मिलानका लागि व्यवसायिक फुटबल खेल्ने गरेका एरिक्सन केही महिनाका लागि भए पनि ब्रेन्टफर्ड फर्किए ।

ब्रेन्टफर्डबाट उनले ११ खेल खेलेर एक गोल गरे । हाल ३२ वर्षीय एरिक्सनले प्रिमियर लिगको सर्वाधिक धेरै उपाधि जित्ने टोली म्याचेस्टर युनाइटेडबाट खेलिरहेका छन् । युनाइटेडबाट ७२ खेल खेलेका उनले तीन गोलसमेत गरेका छन् । राष्ट्रका लागि पनि उनले खेलिरहेका छन् ।

एरिक्सनजस्तै मैदानमा ढलेका थिए, उरुग्वेका डिफेन्डर जुवान इज्किुइर्डो । हृदयघातकै कारण खेल्दाखेल्दै ढलेका २७ वर्षीय जुआन भने कहिल्यै नउठ्नेगरी अस्ताए । एरिक्सनजस्तो मैदान फर्किन पाएनन्, उनले ।

गत २२ अगस्टमा दक्षिण अमेरिकी क्लबहरूबीचको प्रतियोगिता कोपा लिबर्टाडोरेसअन्तर्गत अन्तिम १६ को दोस्रो लेगअन्तर्गत भिड्दै थिए, उरुग्वेको शीर्ष डिभिजन क्लब नेसनलले ब्राजिलका साओ पाउलो क्लब । ब्राजिलको मुरुम्बीमा भएको खेलको ८४औं मिनेटमा जुआन अचेत भएर ढलेका थिए ।

दुवै टोलीका खेलाडीको अपिलमा तत्काल स्वास्थ्यकर्मीले एम्बुलेन्समा हाले उनलाई अल्बर्ट आइन्टाइन हस्पिटल पु¥याएका थिए । तर, उपचारका क्रममा पाँच दिनपछि मंगलबार डिफेन्डर जुआनको निधन भएको छ । सामाजिक सञ्जाल ‘एक्स’मा एक विज्ञप्तिमार्फत क्लबले आधिकारिक पुष्टि गर्दै जुआनको निधनप्रति समवेदना प्रकट गरेको छ ।

अस्पतालले मंगलबार कार्डियक एरिथमियासँग सम्बन्धित कार्डियोरेस्पिरेटरी अट्याकका कारण उनलाई बचाउन नसकेको जानकारी दिएको छ । शुक्रबार अचेत भएका उनलाई आइतबारदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको निधनका कारणा उरुग्वेको पहिलो र दोस्रो डिभिजन फुटबल लिगहरू एक साताका लागि स्थगन गरिएको छ ।

नेसनललाई २–० गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको साओ पाउलोका खेलाडीहरूले आइतबार भिक्टोरियासँगको खेल जितेपछि जुआनलाई सहयोग गर्न अपिल गर्दै जर्सीमा उनको नाम राखेर खेलेका थिए ।

जुआनले व्यवसायिक फुटबलको सुरुआत २०१८ मा स्थानीय क्लब सेरोबाट गरेका थिए । सोही वर्ष पेनारोल क्लबमा आबद्ध भएका उनी त्यहाँ अपेक्षाअनुसार खेल खेल्न नपाएपछि मोन्टेभिडियो वान्डरर्स सरेका थिउ ।

सन् २०२२ मा उनी नेसनलमा आबद्ध भए । त्यहाँ एक खेल खेलेर उनी स्थानीय लिभरपुल क्लबमा अनुबन्ध भए । लिभरपुलले इतिहासमै पहिलोपटक सन् २०२३ मा उरुग्वेको लिग उपाधि जितेको थियो, उक्त लिगमा उनी लिभरपुलका सर्वोत्कृष्ट खेलाडी घोषित् भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top