×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

खेल पदाधिकारीको तलब लाख–लाख, खेलाडीको कति ?

१२ भाद्र २०८१

१२ भदौ , काठमाण्डौ ।

विश्व फुटबल बरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ । यो भनेको फिफा बरीयतामा निक्कै खस्किएको फुटबलको स्तर देखाउने स्थान हो । वरीयतामा नेपाल भन्दा तल अन्य ३५ देशहरु रहेका छन् । जहाँ दक्षिण एसियाका भुटान, बंगलादेश,पाकिस्तान र श्रीलंका रहेका छन्।सार्कका यी ४ देश तल रहेको तथ्याङक भनेको चाँही मन बुझाउने एउटा आंकडा मात्रै हो ।

नेपालको फुटबलको स्तर खस्किएको छ। खेल अभ्यास, प्रशिक्षण र खेल मैदानसहितका आवश्यक पूर्वाधारको अभाव छ । सबैभन्दा बिडम्बनाको विषय त झन फुटबल खेलेरै परिवार पाल्न असम्भव जत्तिकै छ ।अथक मेहनत र परिश्रमका साथ एउटा खेलाडी राष्ट्रिय टिममा पर्दछ । राष्ट्रिय टिमको जर्सीबाट मैदानमा उत्रिदा उसले उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले उ बाँच्छ । तर त्यो नाम र दामले सधंै उसको घरको चुल्होमा बाल्दैन् ।

यसैले त नेपाली फुटबलमा उदाउँदा र संभावना बोकेका फुटबलरहरु भविष्य सुनिश्चित गर्नकै लागि विदेशिन बाध्य छन् । विमल घर्ती मगर , आशिष लामा , दिनेश राजवंशी र तेज तामाङ अष्ट्रेलिया पुगिसकेका छन् । यी प्रतिनिधी खेलाडी मात्रै हुन् ।नेपाली फुटबल भित्रको यो बिडम्बनाका बीच नेपाली फुटबलको सर्वाेच्च निकायका रुपमा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीका लागि होइन खेल पदाधिकारीहरुको तलब चाँही लाखौं रुपैयाँ लिने निर्णय गरेको छ ।

एन्फाले महासचिवको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पु¥याउने प्रश्ताव राखेका हुन् ।केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रश्ताव बहुमतले पारित भएको छ ।

हाल महासचिव रहेका किरण राईले १ लाख २० हजार मासिक तलब बुझ्दै आएका थिए । बैठकले राष्ट्रिय खेलाडीको तलव भने १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ ।यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठक सकिएको छैन ।

बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ ।उनले नेतृत्वमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो ।

एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।बैठक मङ्गलवार बिहान पौने ११ बजे शुरु भएको थियो । राती सम्मचलेको बैठक बिहीवार बिहानलाई स्थगित गरेको छ । बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवता शाहले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top