Nepal Times
Nepal Times
3
Shares

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी

७ असार, डोटी ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् ।

गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयवासीले काम रोक्न माग गर्दै ताला लगाएको स्थानीयवासी खडक साउदले जानकारी दिए ।

विवाद समाधानपछि मात्रै काम शुरु गर्नुपर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नुपर्ने र सबैलाई पायक पर्ने ठाउँमा मैदान निर्माण गर्नुपर्र्ने स्थानीयवासीको माग छ ।

सामुदायिक वनमा निर्माण हुँदै गरेको उक्त खेल मैदान एकलौटीरूपमा उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिसविना निर्माण गर्न लागिएको स्थानीयवासीको आरोप छ ।

खेल मैदान सबैको पायक पर्ने ठाउँ काडामाण्डौं मावि वा सोही नजिकको सामुदायिक वनमा बनाउनु पर्नेमा गाउँपालिका अध्यक्षको घरनजिकको सामुदायिक वनमा बनाएको भन्दै स्थानीयवासीले ताला लगाएको वडाअध्यक्ष पदमबहादुर धानुकले जानकारी दिए ।

असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतार हतारमा उक्त योजनाको शुरुआत गरेका कारण पनि अहिले विवाद शुरु भएको अर्का स्थानीयवासी गम्भीर खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.