Nepal Times
Nepal Times
3
Shares

खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

७ कार्तिक, खोटाङ ।

खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिवेशन टुंगिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेशन आइतबारसम्मका लागि स्थगित गरिएको छ । उद्घाटनलगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेशन भने स्थगित भएको छ ।

‘प्राविधिक कारणवश’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिवेसन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए । बाँकी वडाको अधिवेशन भने शनिबार राति अबेरसम्ममा सकिने एमालेले जनाएको छ ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.