×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गगनले ओली सरकारलाई नांगेझार पारे,अब काँध नथाप्ने

२ बैशाख २०८२

२ वैशाख ,काठमाण्डौ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने घोषणा गरेपछि यसले सत्तारुढ दल नेकपा एमालेमा खैलाबैला मच्चिएको छ । आकस्मिक रुपमा सचिवालयको बैठक बोलाएर एमालेले प्रचण्डको अभिब्यक्तिको खण्डन गरेको छ । सो बैठकमै सत्तारुढ दलभित्रैबाट सरकारका कामप्रति भइरहेको असन्तुष्टिका विषयमा पनि गहन छलफल भएको छ ।

नेकपा एमालेले कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टिहरुलाई सरकार सञ्चालनको संयन्त्रमा रहेकाहरूले संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको २४ घण्टा नबित्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा सरकारको कामको गतिलाई लिएर अहिलेसम्मकै तीव्र असन्तुष्टि जनाएका छन् ।

थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् । कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशले कंकर्ड अर्थात तीब्र गतिमा चल्ने यात्रुवाहक विमानको गति लिनुपर्ने बेलामा ट्याक्टरजस्तो चलिरहेकोमा असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको बताए ।

उनले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवद्र्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताए ।

थापाले भनेका छन्, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौं । खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं । व्यक्तिगत रुपमा त मैले यस पटक केही भुमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भुमिका लिन्न तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रुपमा वार फुटिङमा काम गर्दछु, व्यक्तिगत रुपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ । विशेष गरी इकोनोमिक फण्डमा काम गर्ने हो । त्यस कारणले शुरुको चरणमा जोतिएर गएर काम गरेको पनि हो । उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो । तर बिस्तारै के लान थालेको छ भने देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।’ आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर ।मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।’

महमन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाए । यति मात्रै होइन प्रतिपक्ष दलका नेता प्रचण्डले ओली सरकार बिचौलियाहरुले बनाएको र तिनै बिचौलियाहरुलाई खुशी पार्न यो सरकारले काम गरिरहेको बताइरहेका बेला महामन्त्री थापाले त्यसभन्दा अझ अघि बढेर बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् ।

उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको जिकिर गरे । अहिले अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको उनको भनाइ छ । उनले बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

थापाले भनेका छन्, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

यस्तै आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए ।

अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर उनले जिकिर गरे । उनले भनेका छन्, , ‘हामी अहिले नेपाली काँग्रेस सम्मिलित भएको सरकार हो । यसको पर्फमेन्स बढाउन चाहन्छौँ । गभर्नेन्सको कुरामा नचुकोस् भन्न काम पनि गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छाँै । हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिन्छ । तर त्यहाँ हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिन्नाँै । हामी त्यसको पार्ट बन्दैनौँ । हामी त्यसको अंग बन्दैनौँ । हामी फोहोर सफा गर्न गएको हो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालयको बैठकपछि हिजो मात्रै कांग्रेसका नेताहरूले सरकारको गति नपुगेको भन्दै बाहिर जनाइरहेको असन्तुष्टि सरकार सञ्चालनको संयन्त्रमै छलफल गर्नु उपयुक्त हुने बताएका थिए ।

संयन्त्रमै रहेका कांग्रेस महामन्त्री गगन थापाले लगातार सरकारको गति नपुगेको भन्दै सन्तुष्टि व्यक्त गरिरहेका छन्। उनीमात्रै नभइ नेता डा. शेखर कोइराला, अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत इतर पक्षका नेताहरु केपी ओली नेतृत्वको सरकारसँग असन्तुष्ट देखिएका छन् ।

तर कांग्रेस नेताहरुको असन्तुष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल्न खोजेको एमालेको निचोड छ । यस्तै परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पनि पार्टीभित्र आफू भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढेको बताएकी छन् ।

“आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला, तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,” राणाले इलाममा भनेकी छन् ।

अहिले नेपाली कांग्रेस सरकारमै रहेको अवस्थामा कांग्रेसकै नेताहरूले सरकारको विरोध बढी गरिरहेको उनले गुनासो गरेकी थिइन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top