×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गच्छदारसहित ८ जनाको उम्मेदवारी खारेज गर्न सर्वाेच्चमा रिट

२७ आश्विन २०७९

२७ असोज, काठमाण्डौ ।
विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्यले बिहीबार उनीहरूको उम्मेदवारीविरुद्ध रिट दायर गरेका हुन्। आचार्यले गच्छदार र जोशीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर गरेका हुन्।

यीमध्ये गच्छदार, जोशी, पाण्डे, साह, गिरीले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन्। यस्तै आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।

गठबन्धनबाट नेकपा एसका उम्मेदवार गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए । एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ ।

२०७३ फागुन २० गतेदेखि २०७४ जेठ १५ सम्म गुरुङ समेतको हस्ताक्षरबाट काटेको २ करोड २५ लख रुपैयाँको चेक बाउन्स भएपछि चेक अनादरसम्बन्धी मुद्दामा उनी अदालतबाट दोषी ठहर भएका थिए । यही प्रकरणमा कर्जा सूचना केन्द्रले कालोसूचीमा समेत राखेका कारण गुरुङको उम्मेदवारी खारेज भएको हो ।

वेष्ट प्रोजेक्ट कन्स्ट्रक्सन प्रालिका सञ्चालक अञ्जित विष्टका नाममा गुरुङसहित पाँचजना सञ्चालक रहेको नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालिले काटेको २ करोड २५ लाख रुपैयाँको चेक अनादर भएपछि कर्जा सूचना केन्द्रले २०७४ असोज ९ गते कम्पनीसहित पाँचैजना सञ्चालकलाई कालोसूचीमा राखेको थियो । गुरुङ ५ वर्षदेखि हालसम्म कालोसूचीमै छन् ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका गुरुङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेका उपाध्यक्ष विष्णु पौडेललाई निकै सहज भएको छ । पौडेल उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । त्यसो उक्त क्षेत्रको विकास निर्माणमा गरेका कामका कारण पौडेल निरन्तर चुनाव जित्दै आएका नेता हुन् ।

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top