गरीबीले मार्नु मारो के गरेर खाउ सरकार ।
आधा देश भारत गयो अब कता जाउ सरकार ।।
बिदेश ग’को छोरो बाकसमा आउँदा खेरी ।
कति दुख्यो आमाको मनभित्रको घाउ सरकार ।।
खान लाउन भनी ऋण लिएको मैले ।
दुई दिनमै घरमा माग्न आइपुग्यो साहु सरकार ।।
अरु देशले समुन्द्रमा पानीजहाज कुदाउँछन रे ।
हाम्रो देशमा कोशी तर्न चढ्नुपर्छ नाउ सरकार ।।
यी सब सम्हालेर देशमा बिकास गराएर ।
नेपालीको मनमा छिट्टै शान्ति छाउ सरकार ।।
✍दुर्गेस बन्जारा
बराहपोखरी–३, खोटाङ