Nepal Times
Nepal Times
3
Shares

गठबन्धनबाट बनेको सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पृथ्वीसुब्बा गुरुङ

गठबन्धनबाट बनेको सरकार जुनसुकै बेला परिवर्तन हुन सक्छ : पृथ्वीसुब्बा गुरुङ

३० जेठ, कास्की ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताएका छन् ।

मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताए ।

मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि समय दिन नसकिएको भन्दै उनले अब पार्टीलाई सङ्कटबाट जोगाउने समय आएको बताए ।

यस्तै उनले गठबन्धनबाट बनाइएको सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने भन्दै राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित हुन पुगेको बताए ।

यस्तै उनले प्रदेश सङ्घीयताको अभ्यास भएकाले पहिलो कार्यकाल पाँच वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने आफ्नो कुनै योजना नरहेको स्मरण गराए ।

सङ्घीयता बलियो बनाउनुपर्छ भनेर सङ्घ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे आफू रहेको भन्दै उनले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको र आफ्नै स्वार्थका लागि संसद् विघटन गर्न पनि नसक्ने प्रष्ट पारे ।

सङ्घीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै उनले सङ्घीयता बलियो बनाउने पक्षमा आफू सधैँ सरकारको पक्षमा उभिने बताएका हुन् ।

यस्तै गुरुङले मुख्यमन्त्री पोखरेललाई सङ्घीयताको मर्मअनुसार काम गर्न सुझावसमेत दिएका छन् । हरेक नियुक्ति मापदण्डअनुसार नै गरेको भन्दै उनले लक्ष्यअनुसार काम गर्न सके पाँच वर्षभित्र ठूलो परिवर्तन गर्न सकिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.