×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गठबन्धनमा धोकाको खेल, विकल्प सोच्न प्रचण्डको ब्रिफिङ

१ फाल्गुन २०८०

१ फागुन , विराटनगर । 

आगामी ०८४ को निर्वाचनसम्म वर्तामान सत्तारुढ गठबन्धनलाई निरन्तरता दिदै आलोपालो सरकार संचालन गर्ने सहमति गरेका सत्तारुढ दलहरुबीचमा चरम तिक्कता देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको भन्दै गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको बताएपछि गठबन्धनप्रति माधव नेपालले पनि जनताका अपेक्षा पूरा गर्ने विषयमा अविश्वास ब्यक्त गरेका छन् ।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने बताएका छन् । सोमवार नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए ।

उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको बताए । यद्यपि उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबी गर्दै गठबन्धनको अहिले कुनै विकल्प नरहेको र लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पु¥याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए । यसअघि सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको बताएका थिए , बैठकमा ‘प्रचण्ड’ले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भनेका छन्, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पु¥याएको छ ।’ ‘प्रचण्ड’ले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराएका छन् ।

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन काँग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैँ दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् ।

सत्तारुढ गठबन्धनका दलहरू मिलेर चुनाव लडे पनि काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् । स्वयम प्रधानमन्त्रीबाट नै कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको जिकिर गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको भन्दै उसका लागि गठबन्धन लाभदायक नै भएको टिप्पणी गरेका छन् । गठबन्धनमा भएको भनिएको सहमति अनुशार प्रचण्डको २ वर्ष सरकार संचालनपछि बाँकी एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नेछन् त्यसको बाँकी दुई वर्ष कांग्रेसले सरकार संचालन गर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top