Nepal Times
Nepal Times
3
Shares

गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँः बाबुराम भट्टराई

गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाउँः बाबुराम भट्टराई

१३ मंसिर, विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गरेका छन् ।

केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गरेका हुन् ।

युवासंग आग्रह गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकी गिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्, भट्टराईको ट्वीटरमा उल्लेख छ ।

अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो विर्सन नहुने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं ।

शुक्रबार पनि उनले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एक खुट्टा भॉचिदा पूरै खाट लड्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.