×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१२ वैशाख , काठमाण्डौ ।
गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदको गठबन्धन छ । गण्डकीमा सरकारको नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगो नलाग्दा सरकार गठनका लागि ढिला भएको थियो। केन्द्रमा दुई दलबीच आलोपालो गर्ने सहमति भए पनि पहिला नेतृत्व कुन दलले लिने भन्ने दलबीच अनौपचारिक सहमति भएपछि गण्डकीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख गुरूङका प्रेस संयोजक माधव रेग्मीले बताए ।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ । कांग्रेस संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस संसदीय दलका नेता पाण्डे आइतबारबाटै काठमाडौंमा छन् । कांग्रेसका केही सांसद माओवादीलाई मुख्यमन्त्री दिन नहुने भन्दै सोमबार काठमाडौं डेलिगेसन गएका थिए । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी र कांग्रेसबाट आलोपाले मुख्यमन्त्री बन्ने समझदारी भए पनि पहिला कांग्रेसबाटै हुने बताए ।

पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि सरकारबाट बाहिरिएका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए ।

तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो । यता सोमबार लुम्बिनी सरकार पनि ढलेको छ ।

लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् । गण्डकीमा उपधारा २ बमोजिम नै सरकार गठन भएपछि लुम्बिनीमा पनि त्यसरी नै आह्वान गर्ने एक नेताले बताए । तर, लुम्बिनीमा ठूलो दल एमालेले उपधारा ३ बमोजिम नै सरकार गठन हुनुपर्ने बताइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top