Nepal Times
Nepal Times
3
Shares

गण्डकी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन

गण्डकी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन

६ जेठ, गण्डकी ।

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गरेका थिए ।

तत्पश्चात् गरिएको कार्यविभाजन अनुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्हेका छन् ।

मन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ भने रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा जलस्रोत तथा खानेपानी, कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.