Nepal Times
Nepal Times
3
Shares

गरिब देशलाई एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

गरिब देशलाई एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

३१ जेठ, एजेन्सी ।

विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएको जानकारी दिए ।

यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन् । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिशिएटिभको विकल्पको रूपमा हेरिएको छ ।

चीनको बेल्ट एन्ड रोड इनिशिएटिभले कैयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ । तर जी–७ ले भने यसमार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको टिप्पणी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.