Nepal Times
Nepal Times
3
Shares

गरी खान देउ भन्दै बडी बिल्डरले निकाले विराटनगरमा र्याली

गरी खान देउ भन्दै बडी बिल्डरले निकाले विराटनगरमा र्याली

२३ जेष्ठ, विराटनगर । बडी बिल्डिङ एसोसिएसन मोरङले विराटनगरमा शुक्रबार बिरोध र्याली निकालेको छ ।

लक डाउनले जनजीवन प्रभावित भएको भन्दै बडी बिल्डिङ एसोसिएसनमा आवद्ध युवाहरुले व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन ।

गरी खान देउ ,स्वास्थ रहन जिम क्लब खोल्न देउ, कमाइ छैन बैंक ब्याज कसरी तिर्ने ,उफ्फ भ्रष्टाचार जस्ता प्ले कार्ड बोकेर युवाहरुले र्याली निकालेका थिए । उक्त विरोध र्याली बजार परिक्रमा पछि कर कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा मन्टी पासवान्, उत्तम ढुङगेल ,नबिन बिक्रम शाह्, अमलेश कर्ण लगायतले सम्बोधन गरेका थिए । कर तिर्न गार्हो परेकाले मर्नुको बिकल्प नरहेको भन्दै कोण सभामा जितु रजक नाटकीय सांकेतिक रुपमा शव बनेर सुतेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.