×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गलत्याएका मुकुललाई फेरि महामन्त्री चाहियो

१६ भाद्र २०८१

१६ भदौ , काठमाण्डौ।

लामो पार्टी विधान अनुशारको कारबाही प्रक्रियाबाट साधारण सदस्यसम्म नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहीमा परेका तत्कालीन महामन्त्री डा.मुकुल ढकालले फेरि महामन्त्री पदमा आफ्नो दाबी गरेका छन् । उनले आफूमाथिको कारबाहीविरुद्ध रास्वपामा पुनरावेदन निवेदन दिएका छन् ।

रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् । पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको उनले जिकिर गरेका छन् । उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।

पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो । साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ । तथापि पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न आफूले पुनरावेदन दिएको ढकालले बताएका छन् ।

‘वास्तवमा म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैरकानूनी कार्य र उहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भइरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भिर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरूपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रूपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ उनले पत्रमा भनेका छन् ।

गत असार १४ गते सोधिएको स्पष्टीकरणमा समेत आफूमाथि के–कस्तो विषयको अनुसन्धान भइरहेको हो तथा त्यसवापत के–कस्तो सजाय हुन सक्ने हो लगायतको विषय उल्लेख नगरिएको उनको तर्क छ । ‘सोही त्रुटिपूर्ण स्पष्टीकरणको आधारमा मलाई साउन १९ गते ७ दिन निलम्बन गरिएको थियो,’ ढकालले भनेका छन् ।उनले आफूमाथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन् ।

‘पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी ममाथि कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति असार २५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाऊँ,’ उनले पुनरावेदनमा भनेका छन् ।

मुकुलले सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले देशहित विपरित काम गरेको लगायतका आरोप लगाएका छन् । उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाई मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो । पार्टीको कारबाहीमा परिसकेपछि मुकुलले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर १५ बँुदे सुझाव बुझाएका थिए । जसमा उनको प्रतिवेदनमा भएका कुराहरु पनि समेटिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top