×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न सांसद जनार्दन शर्माको चेतावनी

२३ जेष्ठ २०७६

२३ जेष्ठ, २०७६

सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उनले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् । उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने पनि बताए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए । गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जस अपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले भने “परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनास गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पुर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमिकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ । ”

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तात्कालिन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकि थिईन् । सोही क्रममा उनले तात्कालिन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशीन बाध्य भएको बताएकि छिन् ।

उनले भनिन्, “जब नेकपा एमालेले नीजिकरणको विरोध गर्दै गयो , अरुण तेश्रो योजनालाई अघि बढाउ भन्दाखेरी त्यसको विरोध गर्दे गयो र आज आएर भारतसंग ५ सय मेगावाट किनेर रोजगारी श्रृजना गर्ने अवसरलाई गुमायो । नीजीकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्धन्द्ध गरेर नीजी क्षेत्रलाई ध्वस्त पार्दे गए, युवालाई विदेश जानका लागि बाध्य गरे । नीजीकरणको विरोध गरे त्यसको परिणाम स्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए । त्यही भएर नेपाली कांग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्यांक म निवेदन गर्न चाहन्छु बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौ । नेपाली कांग्रेसको समयमा ९० हजार भन्दा बढी युवाहरुले रोजगारी पाएका थिए । ”
प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गरेका थिए ।

प्रगतिशिल उत्पादक शक्तिको विकास गरि समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने वहस नै अहिलेको वहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतीशिल उत्पादक शक्तिको विकास गर्दै उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताए । उनले बजेटले सम्मृद्ध मुलुक बनाउने सरकारको नारालाई आत्मसाथ गरेको, राष्ट्रिय पूँजी निर्माण लगायत विषयहरुमा प्राथमिकता दिएको पनि बताए । गतबर्ष हराएको कर्णाली अहिलेको बजेटमा सम्बोधन भएकोमा उनले धन्यवाद दिए ।

उनले बजेटमा संघीयतको मर्म बोध नभएको ,कृषिमा आत्मनिर्भरका आयोजना प्रभावकारी हुन नसकेको , चालु खर्च बढ्दै जाने र पूँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएको, तलबवृद्धि प्रतिशतमा नभई एकमुष्ट तोकिनुपर्ने, बजेट खर्चका लागि ठोस विधि बनाउन नसकिएको टिप्पणी गरे । विगतका सबै उद्योगलाई स्थापित गरि नयाँ उद्योग स्थापना बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो, “हिजो बेचिएका उद्योगहरुलाई आज फिर्ता ल्याएर, हिजो लिलाम गरेका उद्योगहरुलाई आज फिर्ता लिएर फेरी जनतासहितको सरकारको सहभागीतामा अगाडि बढाउने प्रष्ट नीति तथा कार्यक्रम खै ? किन त्यो गर्नुभएन ? विगतका अर्थमन्त्रीहरुले गरेका गल्तीहरुलाई तपाईहरुले किन सच्याउन चाहनुहुन्न ? ”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top