×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गाईलाई कुट्दै कर्णालीमा बगाउन खोज्नेमाथि कारबाही गरिने

३ चैत्र २०८१

४ चैत , काठमाण्डौ।

आइबारदेखि सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा देखिएका कर्णाली नदीमा गाईमाथि क्रुरतापूर्ण व्यवहार गर्नेहरु अन्ततः प्रहरीको निशानामा परेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ का बासिन्दाले गाईलाई निर्ममतापूर्वक कुटीकुटी कर्णाली नदीमा हेलेका थिए ।

यो घटनामा संलग्न सबैमाथि अब प्रहरीले अनुशन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई वडाअध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशनसमेत दिएको छ । यो घटनामा स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेका हुन् ।

स्थानीय परम्परा अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ । तर यो पशुमाथिको चरम यातना भएको भन्दै व्यापक विरोध भइरहेको छ ।

यसबारे अब जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासो व्यक्त गरेको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताएका छन् ।

यता वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको छ । ‘गाउँमा कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा मृतकको आत्माले स्वर्गमा सजिलै वास पाउने तथा पापमुक्त हुने अन्धविश्वास छ ।’

यस पटा पनि स्यानीय साउने सार्कीको फागुन २८ गते निधन भएपछि भोलिपल्ट अन्त्येष्टि गरिएको थियो । साउने सार्कीको निधनपछि परिवारले उक्त गाई गौदान गरेका थिए । यसबीच उक्त गाई घर फर्किएको छ ।

गाई मृतक साउने सार्कीकै घर फर्किएको हो । स्थानीय बासिन्दा धनबहादुर बिसीले गाई घर फर्किएको बताएका छन् । ‘गाई कर्णाली नदी तर्न नसकेपछि सोही दिन बेलुकी घर फर्किएको हो,’ उनले भने । यो गाई साउने सार्कीका परिवारले केही समयअघि कालिकोटबाट किनेर ल्याएर घरमा पाल्दै आएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top