×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गाउँ पस्यो बाघ, ७ घण्टादेखि फत्तेपुरको घर गोठमा

१९ फाल्गुन २०८१

१९ फागुन , विराटनगर।

सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ७ बजेतिर सप्तकोशी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो।

बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ।बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको छ।

तर अझैसम्म नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ठूलो संख्यामा रहेको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको डिभिजन वन कार्यालय सप्तरीका सूचना अधिकारी बैजनाथ मण्डलले जानकारी दिएका छन् ।

शिवालय टोलमा रहेको रिजन गोसाईंको घरमा छिरेर बाघले उनी माथि आक्रमण गरेको छ। त्यहाँबाट बाघलाई नियन्त्रणमा लिन डार्ट गोली हानिएको भए पनि बाघ नियन्त्रणमा आउन सकेन।

त्यहाँबाट निस्किएको बाघले गणेश खत्रीको घरमा पुगेर उनी माथिसमेत आक्रमण गरेको छ। उक्त बाघले लगत्तै स्थानीय कृष्ण विष्टलाई आक्रमण गरेको रक्तमाला सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।

अहिले बाघ स्थानीय गोपाल ओझाको पछाडिको गोठमा बसेको फत्तेपुर प्रहरीले जानकारी दिएको छ । बाघले मोटरसाइकल र अन्य सामानहरुमा पनि क्षति पुर्याएको प्रहरीले बताएको छ ।बाघ गाउँमा पसेपछि सप्तकोसी नगरपालिका– १ फत्तेपुर, शिवालय टोलका नागरिक त्रसित भएका छन्।

घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी लगिएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top