Nepal Times
Nepal Times
3
Shares

गायक दुर्गेश थापा पक्राउ

गायक दुर्गेश थापा पक्राउ

५ कात्तिक, काठमाडौँ ।
गायक दुर्गेश थापा पक्राउ परेका छन् । थापालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

तीज गीत ‘बीच्च बीच्चमा’पछि चर्चामा आएका उनको पछिल्लो ‘देउसी’गीतलाई लिएर प्रहरीमा उजुरी परेको थियो ।निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको पोखरेल बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

गीतमा उनले वियर खाँदै तिहार मनाउँ भन्ने खालको आाशय व्यक्त गरेका छन । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी गीत गाएपछि उनको निकै आलोचना भएको थियो। उनले लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य–मान्यता विपरित भएको भनी चर्काे आलोचना भइरहेको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.