Nepal Times
Nepal Times
3
Shares

गायक प्रकाश सपुत ‘परदेशी २’मा हिरो

गायक प्रकाश सपुत ‘परदेशी २’मा हिरो

१४ पुस, काठमाडौँ ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रको अब बन्ने सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् ।

चलचित्रका निर्देशक नारायण रायमाझी र सपुतबिच केही दिन अघि सम्झौता भएको खबर बाहिरिएको छ । निर्माण पक्षले नायिकाको भने टुङ्गो लगाइसकेको छैन । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने बताइएको छ । चलचित्रको छायाङ्कन फागुनबाट सुरु हुनेछ ।

व्यापारिक हिसाबले निकै सफल रहेको चलचित्रमा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्कालगायतको अभिनय रहेको थियो । गायक प्रकाश सपुत सानैदेखी अभिनयमा रुचि राख्ने बताउँदै आएका थिए । उनको सपना गायक बन्नु नभै नायक बन्नु थियो जुन ‘परदेशी २’बाट साकार हुने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.