Nepal Times
Nepal Times
3
Shares

गायिका इन्दिरा जोशीले तताईन् बिराट एक्स्पोको माहोल

गायिका इन्दिरा जोशीले तताईन् बिराट एक्स्पोको माहोल

१० फागुन, बिराटनगर ।

‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् ।

‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न जति नि पाईन्छ, उध्रेको चोली छ है तैपनि लाईन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाईरहदा प्रदर्शनीस्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरु नाच्न मस्त थिए ।

महाशिवरात्रीको साँझ प्रदर्शनी स्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु की क्या हो ठूली’ ले नाच्न बाध्य बनायो । जोशीको यो गीतलाई पनि दर्शकले अत्याधिक रुचाए । उनले आधा दर्जन गीत गाएर स्टेजबाट विदा माग्दा दर्शकको भीडबाट ‘वान्स मोर’ आवाज गुञ्जिएपछि पुनः गाउन बाध्य भईन् ।

शिवरात्रीको माहोल ‘क्याच’ गर्न उनले ‘ओम नम शिवाय हर हर’ गाउँदै दर्शकलाई पनि सँगै गाउँन लगाईन् । हजारौं दर्शक भेला भएको एक्स्पोमा जोशीको प्रस्तुतीले रौनकता प्रदान गरेको थियो । उद्योग संगठन मोरङको आयोजनामा गत शुक्रबारबाट सुरु भएको ९ दिने एक्स्पोमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । प्रदर्शनीलाई हालसम्म दुई लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.