×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गिरिजाको बेबीकिङ प्रस्ताव अहिले संभव छ ?

७ चैत्र २०८१

८ चैत , काठमाण्डौ।

काठमाडौंका सडकहरूमा गणतन्त्रविरोधी नाराहरू गुञ्जिएको दुई साता नबित्दै नेपाली कांग्रेसका पूर्वसभापति एवं गणतन्त्र स्थापनाका प्रमुख अभियन्ता गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस मनाइयो।

नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेका कोइरालाले कुनै समय ‘बेबी किङ’ को अवधारणा अघि सारेका थिए, तर त्यो प्रस्ताव अस्वीकृत भयो। तर, विडम्बना नै भन्नुपर्छ, आज उनीकै नेतृत्वमा समाप्त पारिएको राजतन्त्रको पक्षमा पुनः नारा लाग्न थालेको छ।सबैभन्दा रोचक पक्ष के छ भने,गिरिजाप्रसादका भतिजा डा.शेखर कोइरालाले केही समयअघि सार्वजनिक रूपमा पूर्वराजालाई ‘राजा’ भन्ने उल्लेख गरे ।

के यस अभिव्यक्तिले बेबी किङ प्रस्तावको अस्वीकृति र वर्तमान राजनीतिक असन्तुष्टिबीच कुनै सम्बन्ध स्थापित गर्छ? के गणतन्त्र स्थापनाको डेढ दशकपछि नेपालमा पुनः राजतन्त्रको सम्भावनाबारे बहस सुरु हुन थालेको हो? यी प्रश्नहरू अझै अनुत्तरित छन् ।

गिरीजा प्रसाद कोइराला नेपाली राजनीतिमा एउटा यस्तो नाम हो, जसका पछाडि धेरै संर्घष, बलिदान र इतिहास पनि थियो । उनकै नेतृत्वमा १८ वर्ष पहिला यो देशमा २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भयो ।

आफूले ल्याएको गणतन्त्रको तिन वर्ष पनि उपभोग गर्न नपाउँदै गिरिजाप्रसाद यो संसारबाट बिदा भए । तर उनकै नेतृत्वमा जनताका लागि जनताले ल्याएको २१ औँ शताब्दीको सबै भन्दा उत्कृष्ट व्यवस्थाका विरुद्ध काठमाण्डौंका सडकमा १८ वर्ष बित्न नपाउँदै नारा घन्किन थालेका छन् ।

२०६३ साल जेठतिर जनआन्दोलनको राप ताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनः स्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो । राजा त्यस बेला अधिकारविहीन भएका थिए ।

त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको जिम्मेवारीमा थिए । लामो समय हतियार युद्ध लडेको पार्टीलाई सम्हाल्न उनका अघि धेरै चुनौतीहरू थिए। त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन ।

राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैमा विभाजित थिए। माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो। अरू पार्टीहरू ‘हो’मा ‘हो’ मिलाइ रहेका थिए । तर सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए ।

तर त्यसबारेमा गिरिजाबाबु खुलेर बोलेका थिएनन् । २०६२ साल कात्तिक ७ गते तत्कालीन ७ राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच भएको १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो ।

त्यो समझदारीसँगै माओवादी पनि हतियार बिसाउन तयार भयो। जनआन्दोलनको वेग थाम्न नसकेर राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरे। त्यही पुनः स्थापित प्रतिनिधिसभाले राजाका सबै संवैधानिक अधिकारहरू कटौती गरिदियो।

तर ‘राजा फाल्ने’ कुरामा गिरिजाबाबु निकै समय मौन रहेका गिरीजाले थप रक्तपात नहोस् भनेर तत्कालका लागि ‘बेबी किङ’को अवधारणा अघि सारे । त्यो कुरा आफैले नबोलेर छोरी सुजता कोइरालालाई विराटनगरमा बोल्न लगाएका थिए ।

तर दुर्भाग्य तत्कालीन राजा ज्ञानेन्द्रले त्यो प्रस्तावलाई सिधै अस्वीकार गरिदिए । त्यो प्रस्ताव लिएर जाने दरबारका प्रतिनिधिलाई उनले निकै हकारेको कुरा पछि गिरिजाबाबुले सार्वजनिक रूपमा भनेका थिए ।

गिरिजाको अभिब्यक्तिपछि बेबी किङका रुपमा ज्ञानेन्द्रका नाति ह्दयेन्द्रलाई हेरिएको थियो । यद्यपि राजतन्त्र राख्ने वा नराख्ने भन्ने कुरा संविधानसभाको पहिलो बैठकले निर्णय गर्ने भनेर अन्तरिम संविधानमा लेखिएको थियो।

पुनः स्थापित प्रतिनिधिसभाले राजाका उत्तराधिकारीबारे एउटा विधेयक पनि पारित गरिसकेको थियो। जसमा ‘राजाका छोरा वा छोरी’मध्ये जसलाई पनि गद्दीको उत्तराधिकारी बनाउन सकिने भन्ने थियो। त्यसैका आधारमा गिरिजाले ‘बेबी किङ’को अवधारणा बनाएका थिए ।

तर राजा ज्ञानेन्द्रले फेरि त्यो प्रस्ताव रिजेक्ट गरिदिए। त्यसपछि नै गिरिजाबाबुले ‘इनफ इज इनफ’ भन्दै ‘अब त हुँदै हुन्न’ अर्थात् यी ‘राजा रहन्नन्’ भनेको कांग्रेस नेताहरु स्मरण गर्दछन् ।

२०५८ साल असार २८ गते भएको ‘होलेरी काण्ड’ले ज्ञानेन्द्र गिरिजाबाबुबिच दूरी झन् बढेको थियो। त्यो वेला तत्कालीन माओवादीले नियन्त्रणमा लिएका ७२ जना प्रहरीलाई छुटाउनका लागि सरकारले सेनाको सहयोग मागेको थियो ।

तर दरबार सेना दिन तयार भएन। त्यसका लागि गिरिजाबाबु पटक–पटक दरबार जाने प्रयास पनि गरे । तर ज्ञानेन्द्रले झुलाइरहे । र, निकै अपमान गरे । त्यो मिसन सफल नभएपछि गिरिजाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यी सबै घटना क्रममा राजाको सहयोग नपाए पनि गिरिजाप्रसादले नेपालबाट राजतन्त्रको जरो उखेल्न लाग्दा बेबी किङको प्रस्ताव गरेका थिए । हुन त बिपी कोइरालाले कुनै बेला नेपालका राजा र प्रजातन्त्रको घाटी जोडिएको छ भन्ने अभिव्यक्ति पनि दिएका थिए ।

त्यसैको निरन्तरता गिरिजाले दिन खोजेको हुन सक्ने आंकलन गरिएको थियो । अहिले आएर त्यही परिवारका अर्का सदस्य डाक्टर शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई आफूले पूर्व राजा नभन्ने अभिव्यक्ति पूर्वको झापा पुगेर दिएका छन् ।

अहिले कोइराला परिवार राजनीतिक रूपमा दुई धुव्रमा छन् । काठमाण्डौका सडकमा राजावादीको जुलुस लाग्नु अनि काँग्रेसमा सभापतिमा शेरबहादुर देउवा सँग पराजित भएका शेखर कोइरालाले पूर्वराजा होइन राजा भन्छु भन्नुको पछाडि केही तथ्य र रहस्य रहेको हुन् सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top