×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गीतमय संसद, गीतबाटै घोचपेच, अब संसदमा नाच्न मात्रै बाँकी

२५ असार २०८१

२४ असार , काठमाण्डौ।

दोस्रो ठूलो नेकपा एमाले तेस्रो ठूलो दल नेकपा माओवादीबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दै सरकारमा सहभागी भएको ४ महिना नपुग्दै प्रतिपक्ष बेन्चमा पुगेको छ । एमाले त्यो बेन्चमा अब केही दिन मात्रै बस्नेछ । आफैले बनाएका प्रधानमन्त्रीको साथ छाड्न गएको असार १९ गते नेकपा (एमाले) का ८ जना मन्त्रीहरू राजीनामा दिएर पत्र बुझाउन बालुवाटार पुगेका थिए।

त्याहा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रीहरूलाई गीत सुनाए–यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले। उनले राजीनामा बुझाउन गएका मन्त्रीहरुलाई फत्तेमान राज भण्डारीको गीत गुनगुनाएर सुरु भएको गीतको घोचपेच आज प्रतिनिधिसभा बैठकमा ब्यापक रुपमा देखियो । प्रधानमन्त्रीले गुनगुनाएको सो गीत एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले संसदमा सम्झिए ।

लगत्तै उनले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई गीतबाटै जबाफ फ¥काए। ’म प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराउन चाहन्छु’, सांसद बर्तौलाले भने, ’तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र।’ दाहाललाई प्रधानमन्त्रीमा पछिल्लो पटक एमालेलगायत दलले सहयोग गरेका थिए।

एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा प्रतिपक्षी सिटमा बसिसकेको छ। एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले सदवै सँगै रहने तर अर्को दाउपेचको प्रक्रियालाई जोडिरहने गरेको आरोप लगाए। ’हामी सरकारमा थियौँ, एमालेलाई एक्ल्याउने अवस्था भयो,’ बर्तौलाले भने।

संसदमा गीतबाट प्रधानमन्त्री दाहालमाथि आलोचना हुन थालेपछि प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले पनि गीतबाटै बचाउ गरे। ’मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो’, सांसद घर्तीले कुन्ति मोक्तानले गाएको र शिलाबहादुर मोक्तानले संगीत भेरको गीत सुनाए, ’कति जल्छौँ आरिशले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर।’

माओवादी सांसद घर्ती यतिमै रोकिएनन्। अर्को गीत पनि गाए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले ’मुरलीधरले एउटा गीत गाउनु भएको छ– उडायो सपना सबै हुरीले भन्ने चरितार्थ नबनोस्,’ भने। असार १७ मा भएको सहमतिअनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच सहमति छ। संसदमा गीतबाटै सवाल जबाफ चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले व्यङ्ग्य गरेकी छन् ।

’आजकाल सदन रोचक भएको छ। कविता सुनिन्छ, गीत सुनिन्छ। कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला,’ उनले भनिन्। यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले केही दिन यता संसदमा दोहोरी चलेको टिप्पणी गरे। ’एउटाले आहान भनेको छ, अर्कोले गीत गाएको छ. गीत गाउँदैमा हाम्रो अवधि जाने हो कि!’ उनले भनेका छन् ।

त्यसअघि आजै एमालेका ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाउदै गीत नै सम्झिएका थिए ।उनले भनेका थिए, ‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आजपनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ । सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ ।

बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गित गाए हुने नि । आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ । आइतबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पनि गीत सुनाए। कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको बताएका उनले रामकृष्ण ढकालको गीत संसद बैठकमा सुनाएका थिए ।

शर्माले भने, ’ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै प¥यो नि!’ सांसद शर्माले यो गीत प्रचण्डलाई समर्पित गर्न चाहेको बताएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top