१८ वैशाख, एजेन्सी।
भारतको गुजरातस्थित एक कोभिड–१९ अस्पतालमा आगलागी भएको छ।
शुक्रवार राति पटेल वेलफेयर अस्पतालमा लागेको आगोमा परी १५ जनाको मृत्यु भएको बताइएको छ। जसमा १२ जना बिरामी रहेको उल्लेख गरिएको छ।
घटनालगत्तै बाँकी बिरामीलाई त्यहाँस्थित सिभिल अस्पताल, सेवाश्रम अस्पताललगायतमा सारिएको छ। घटनामा परी केही व्यक्ति गम्भीर घाइते भएकाले मृत्युको संख्या बढ्न सक्ने बताइएको छ।
विद्युत सर्किट सट हुँदा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आगो नियन्त्रणका लागि ४० वटा दमकल प्रयोग गरिएको थियो। पछिल्लो समय भारतका विभिन्न अस्पतालमा आगलागीका घटना बढ्न थालेको छ।