Nepal Times
Nepal Times
3
Shares

गुल्मीमा जिप दुर्घटना : ५ जनाकाे मृत्यु

गुल्मीमा जिप दुर्घटना : ५ जनाकाे मृत्यु

१२ मंसिर,गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकामा  जिप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।

जिपमा सवार तीन पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको इस्मा प्रहरी चौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए । दुर्घटनामा एक जना बेपत्ता छन् भने अर्का एक जना घाइते भएका छन् ।

जिप टुक्राटुक्रा परेकाले बेपत्ता व्यक्ति भिरमै कतै अड्किएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकहरूको सनाखत हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.