×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

गृहमन्त्रीको देखाउने दाँत, खुमबहादुरको सम्पत्ति जोगाए

३ चैत्र २०८१

४ चैत , काठमाण्डौ।

गणतान्त्रिक व्यवस्थाले एउटा राजाको बदलामा टोलैपिच्छे राजा जन्माएको अनि आफू जनप्रतिनिधि भएको बिर्सिएर जनतालाई दास बनाएर नेताहरु शासक बनेको भन्दै व्यवस्था र नेतामाथि नै जनआक्रोश उग्र बने बेला, सरकार भने अलिकति पनि चेतिएको देखिएको छैन ।

एकातिर प्रधानमन्त्रीले नै देशलाई के भएको छ र ? भन्दै, बढेको जनआक्रोशलाई कम आँकिरहेका छन् भने अर्कातिर सरकारको काम गराईले पनि आगोमा घ्यु थप्ने काम गरिरहेको छ ।

जनतामा असन्तुष्टिहरु उकुसमुकुस भएका बेला सरकारले कहिले अन्तरजातिय विवाह गरेकालाई छुटाउन गुण्डाको शैलीमा प्रहरी परिचालन गर्छ त कहिले अदालतले नै दोषी ठहर गरेर कारबाहीका लागि सिफारिस गरेकाहरुलाई समेत काखा र पाखा गर्छ ।

आइतबार मात्रै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको खबर सार्वजनिक भएपछि सबैले यसको वाहवाही नै गरे । सुशासन गृहमन्त्री बाटै सुरु भएको भन्दै प्रशंसा गरे ।

लेखकले सर्वोच्च अदालतले जफत गर्न दिएको आदेशअनुसारका घर जग्गा सरकारका नाममा ल्याउन माताहतका निकायलाई निर्देशन दिए । मन्त्रीको निर्देशन अनुसार जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको मन्त्रालयले जनाएको छ ।

तर गृहमन्त्रीको यो पहलकदमी पनि देखाउने दाँतमात्रै बनेको छ । सर्वोच्चले एकै किसिमको फैसला गरेकोमा गृहमन्त्री लेखकले ६ पूर्वप्रशासकको भ्रष्टाचारबाट आर्जित घरजग्गा सरकारको नाममा ल्याउन निर्देशन दिएपनि काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सम्पत्ति भने जोगाइदिएका छन् ।

जबकी २०६९ साउन ३० मा सर्वाेच्चले खड्काको परिवारको नाममा रहेको सानेपाको डेढ रोपनी जग्गासहितको घर र सँगै रहेको अर्काे जग्गाबाट थप २० लाख ९२ हजार रुपैयाँबराबरको सम्पत्ति जफत हुने फैसला गरेको थियो ।

तर गृहमन्त्री लेखकले आइतबार निर्देशन दिदा खड्काको नामै परेन । यता गृह मन्त्रालयले भने खुमबहादुर खड्काको परिवारको सम्पत्ति जफतसम्बन्धी प्रस्ताव कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट नआएकाले निर्णय नभएको जवाफ दिएको छ ।

तर राजनीतिक दबाबकै आधारमा खड्काको सम्पत्ति जफत प्रक्रिया अघि नबढेको हो । जसरी यसअघिका सरकारहरुले आफ्नालाई सुनपानी छर्कदै चोख्याउने गरेका थिए, शुसासन दिन्छु भन्दै देशकै पहिलो र दोस्रो ठूलो दल मिलेर बनेको सरकारले पनि त्यसैगरी आफ्नालाई चोख्याएको छ ।

यसले जनतामा थप आक्रोस बढाएको छ । पाँच पूर्वकर्मचारीसहित ६ जनाको सम्पत्ति जफतको निर्णय हुँदा कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट जोडेको घरजग्गा जोगाएर गृहमन्त्रीले आफ्नो नैतिकतामाथि नै दाग लगाएका छन् ।

उनको दागले सरकारको छवि पनि कालो हुन पुगेको छ । त्यो पनि यस्तो बेला जतिबेला नेपाल हालै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको छ, यस्तै फैसला कार्यान्वयन र चलखेलका कारण ।

जबकी खड्काको मुद्दामा १२ वर्षदेखि फैसला कार्यान्वयन हुन सकेको छैन । विगतदेखि नै विभागले खड्काको सम्पत्ति जफतका लागि राजनीतिक दबाब झेल्दै आएको छ । दुई वर्षअघि पनि विभागले प्रक्रिया अघि बढाउँदा राजनीतिक दबाबकै आधारमा रोकिएको थियो ।

यसपटक पनि कांग्रेसकै गृहमन्त्री भएकाले जफत प्रक्रियामा आलटाल गरिएको छ । गृहमन्त्रीले चाहने हो भने एकैदिनमा जफतको निर्णय हुन सक्छ । किनभने सबै फाइल तयार छ, अनिच्छाकै कारण रोकिएको हो ।

विभागले भने विगत चार महिनादेखि खुमबहादुरसहित सात जनाको फैसला कार्यान्वायनको प्रक्रिया अघि बढाएको थियो । तर, अन्तिममा खुमबहादुरको फैसला कार्यान्वायन रोकेर ६ जनाको प्रस्ताव मात्र गृहमा लगियो । विभाग गृहकै मातहत पर्दछ ।

सर्वाेच्चबाट जफत गर्नुपर्ने भनेर फैसला भएको सानेपाको सो घरजग्गा हाल खुमबहादुरकी श्रीमती शिला तथा छोरा अनुरागले प्रयोग गर्दै आएका छन् । अनुराग कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य छन् ।

फैसलाअनुसार २० लाख ९२ हजार रुपैयाँबराबरको सम्पत्ति कसरी जफत गर्ने भन्नेमा विगतमा अन्योलता थियो । त्यो विषय पनि सर्वाेच्च अदालतबाट प्रस्ट भइसकेको छ । बाँकी डेढ रोपनी जफतका विषयमा कुनै समस्या नभएपछि राजनीतिक दबाबकै आधारमा रोकिँदै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top